दोधारा चाँदनीका उप मेयर जोशीले दिइन शारदा सरस्वती माविलाई सेतो पाटी र फर्निचर

महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिकाका उप मेयर गंगा देबी जोशीको शैक्षिक सुधार योजना तथा कार्यक्रम अनुसार शारदा सरस्वती माध्यमिक विद्यालयलाई सेतो पाटी र फर्निचर उपलब्ध गराएकी छन् ।

दोधारा चाँदनी नगरपालिका– ४ मा रहेको शारदा सरस्वती माध्यमिक बिद्यालयलाई दोधारा चाँदनी नगरपालिकाका उप मेयरको चालु आर्थिक वर्ष २०८०÷८१ योजना तथा कार्यक्रम अनुसार रु. १ लाख ५० हजार बराबरको १२ थान सेतो पाटी, फनिचर, पिफम, मेट लगाएत सामाग्री उपलब्ध भएको शारदा सरस्वती माध्यमिक बिद्यालयका प्रधानध्यापक कृष्ण बहादुर चन्दले जानकारी दिएका छन् ।

वाल कक्षा लगायत अन्य कक्षाहरुमा सेतो पाटी लगायत बस्नको लागी मेट, पिफम तथा फर्निचरको आवश्यकतालाई मध्यनजर राख्दै उपमेयर जोशीले बिद्यालयमा उक्त सामग्री उपलब्ध गराएका प्रधानध्यापक चन्दले बताए ।

‘बिद्यालयमा सेतो पाटी, बिद्यार्थी बस्नको लागी मेट, पिफम लगायत बालबालिकाको लागि मिनी टेवलको आवश्यक रहेको बेला दोधारा चाँदनी नगरपालिकाका उपमेयर गंगा देवी जोशीज्युले उक्त सामग्री उपलब्ध गराउनु भएको छ्’ शारदा सरस्वती माध्यमिक बिद्यालयका प्रधानध्यापक कृष्ण बहादुर चन्दले भने– ‘शैक्षिक बिकासमा सहयोग गर्नुभएको उपमेयरज्युलाई धन्यबाद ।’

आज अनुगमनको क्रममा उपमेयर जोशीले बिद्यालयमा सेतो पाटी, बस्नको लागी मेट, पिफम लगाएत वालवालिकाको लागी मिनी टेबलको अवस्थाको बारेमा बुझ्न अनुगमन गरेका छन् ।

बिद्यालयमा पठनपाठनका लागि सेतो पाटी लगायत विद्यार्थीहरुलाई बस्नका लागि मेट, पिफम लगाएत बालबालिकाको लागि मिनी टेबलको समस्या देखिएको हुँदा विद्यालयमा चालु आर्थिक वर्ष २०८०÷८१ योजना तथा कार्यक्रम अनुसार १ लाख ५० हजार बराबर सहयोग गरेको दोधारा चाँदनीका उपमेयर गंगा देबी जोशीले बताएका छन् ।

‘बिद्यालयमा पठन पाठनको लागी सेतो पाटी बस्नको लागी मेट, पिफम लगाएत समस्या देखिएको हुँदा चालु आर्थिक वर्षको कार्यक्रम अनुसार सहयोग भएको हो’ दोधारा चाँदनीका उपमेयर गंगा देबी जोशीले भने ।

अनुगमनमा उपमेयर जोशी संग दोधारा चाँदनी नगरपालिका– ४ का वडा सदस्य गगन बहादुर सिंह रहेका थिए । उपमेयर जोशीले विद्यालयका प्रधानध्यापक चन्दसंग विद्यालयको शैक्षिक, भौतिक पूर्वाधार लगायतका विषयमा कुराकानी पनि गरेकी छन् ।

ताजा समाचार