कैलाली जिल्ला लिग फुटबल प्रतियोगिता २०८१ : ट्रफी सार्वजनिक

वैशाख २८ गते देखी ज्येष्ठ १२ गते सम्म जिल्ला लिग फुटबल प्रतियोगिता घोडाघोडिमा सञ्चालन हुने

कैलाली : सुदूरपश्चिम प्रदेशको कैलालीमा जिल्ला लिग फुटबल प्रतियोगिताको पुर्व सन्ध्यामा कैलालीको घोडाघोडीमा पत्रकार सम्मेलनको आयोजना गरि ट्रफी सार्वजनिक गरिएको छ।अखिल नेपाल फुटबल संघको वार्षिक कार्यतालिका अनुसार कैलाली जिल्ला फुटबल संघको आयोजनामा हुने जिल्ला फुटबल प्रतियोगिता २०८१ को ट्रफी सनिवार एक कार्यक्रमको आयोजना गर्दै पुर्ब राष्ट्रिय फूटबल टिमका कप्तान हरि खड्काले गर्नु भएको हो।

जिल्ला लिग फुटबल प्रतियोगिताको लागि सनिवार ट्रफि पनि सार्वजनिक गरिएको छ । राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान हरि खड्काले प्रतियोगिताको ट्रफि सार्वजनिक गरेका हुन् । ट्रफि सार्वजनिक गर्दै उनले घोडाघोडी नगरपालिकाका मेयर खडक रावत, प्रवक्ता घनश्याम ओझा र स्थानीय आयोजक घोडाघोडी क्लबका होम तामाङलाई ट्रफि हस्तान्तरण गरेका थिए ।

ट्रफि सार्वजनिक कार्यक्रममा घोडाघोडी नगरपालिका प्रमुख खडक रावतले खेलकुदका गतिविधि बढाउन नगरपालिकाले सक्दो सहयोग गर्ने बताए । पूर्व कप्तान खड्काले मोफसलमा फुटबलप्रतिको आकर्षण लोभलाग्दो भएको बताए । उनले सरकारले खेलकुद मैत्री नीति बनाउनु पर्नेमा जोड दिए ।कैलाली जिल्ला लिग फुटबल सङ्घका अध्यक्ष अनिल मल्लले घोडाघोडीको हुने लिग प्रतियोगिता अहिले सम्मकै उत्कृष्ट हुने बताए ।जिल्ला लिग फुटबल प्रतियोगिता २०८१ नयाँ आधारका साथ तीन तहमा आयोजना हुन लागेको छ। जिल्ला लिग ‘ए’ डिभिजन , जिल्ला लिग ‘बि’ डिभिजन र जिल्ला लिग क्वालिफायर्स फुटबल प्रतियोगिता २०८१ आयोजना गर्न सम्पुर्ण तयारी पूरा भएको कैलाली जिल्ला फुटबल संघका महासचिव ललित मिश्रले बताउनु भएको छ।

उनका अनुसार कैलाली जिल्ला लिग फुटबल सङ्घको आयोजना र घोडाघोडी क्लबको स्थानीय आयोजनामा हुने प्रतियोगिता वैशाख २८ गते देखी ज्येष्ठ १२ गते सम्म सञ्चालन हुने महासचिव मिश्रले बताए। उनले भने, ‘हामीले घोडाघोडीमा भव्य तयारीका बिच प्रतियोगिता सञ्चालनको तयारी गरिरहेका छौँ’ साथै ‘अखिल नेपाल फुटबल संघ एन्फाको दीर्घकालीन फुटबल खेलको विकासको लागि प्रतियोगिता आयोजना हुन लागेको हो।’प्रतियोगितामा जिल्लाका ए डिभिजनका ७, बी डिभिजनका ६ र क्वालिफायर्सका ७ टिम गरि २० टिमको सहभागी रहने महासचिव मिश्रले बताउनु भयो। बैशाख २८ गते देखी प्रत्येक दिन ३ खेल खेलाइने छन् । कैलालीमा पहिलो पटक जिल्ला लिग फुटबल प्रतियोगिता विजेताहरूको लागि पनि पुरस्कारको व्यवस्था समेत गरिएको छ ।

ए डिभिजन लिगको विजेता क्लवले ७५ हजार र उपविजेता हुने क्लवले ३७ हजार ५ सय पुरस्कार पाउने छन् । त्यस्तै बी डिभिजनको विजेता क्लबले ५० हजार, उपविजेता हुने क्लबले २५ हजार पुरस्कार पाउने छन् ।

 

ताजा समाचार