कञ्चनपुर : चोरी मुद्दामा फरार एक अभियुक्त पक्राउ परेका छन । चोरी मुद्दामा अदालतबाट दोषि करार गरिएका अर्जुन ऐरलाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता उमेश जोशीले २२ पुष ०८०मा चोरी मुद्दामा ऐरलाई १ बर्ष कैद र १२ हजार जरिवाना तोकेको तर, जरिवाना र कैद भुक्तानी नगरेपछि ऐरलाई पक्राउ गरेर अदालत पेश गरेको बताए । कैद र जरिवाना भुक्तानी नगरेपछि उनलाई कारागार चलान गरिएको छ ।

