दोधारा चाँदनीको बाबाथान मुल सडकनै धुल्याम्मे, स्थानियहरुलाई सास्ती


दोधारा । दोधारा चाँदनी नगरपालिकाको बाबाथान मुल सडक खण्ड जिर्ण हुदा स्थानियहरुलाई सास्ती भएको छ् । दोधारा चाँदनी नगरपालिका– ७ बाबाथान बजारको मुल सडक खण्डमा निमार्ण गरिएको ओटासिल सडक जिर्ण भएसंग स्थानियहरुलाई आवत जावत तथा सवारी साधान आवागमनमा निकै समस्या भएको स्थानियहरुले बताएका छन् । २०७०/०७१ आर्थिक वर्षमा निमार्ण सुरु गरिएको उक्त ओटासिल सडक २०७५/०७६ मा सम्पन्न भएको हो । झण्डै १४ वर्ष पछि निमार्ण गरिएको सडक जिर्ण भए संगै गत वर्ष एक निमार्ण कम्पनीले जिर्ण भएको सडकको निमार्ण कार्य सुरु गरेको हो । निमार्ण कम्पनीले सडक निमार्ण कार्यलाई अलपत्र बनाएर छाडे संगै उक्र सडक नदीको बगर सरह भएको छ् ।

बाबाथान बजार क्षेत्रको झण्डै २ सय मिटर सडक अलपत्र भएसंगै स्थानियहरुले समय समयमा बिरोध जनाउदै आएका छन् । दोधारा चाँदनी नगरपालिकाको मुल सडक खण्ड सडकनै जिर्ण भई सवारी साधन आवागमन तथा हिडडुल गर्न सास्ती भएपछि स्थानियहरुले आन्दोलन गर्ने बताएका छन् । दोधारा चाँदनी नगरपालिका– ७ बाबाथान बजार निवासी रवि यादवले बाबाथान बजार क्षेत्रको सडक पिच नगरे सशक्तरुपमा आन्दोलन गर्ने चेतावनी दिएका छन् । बाबाथान बजारका एक ब्यवसायी मनु ओलीले सडकमा बेग्रल्ती फुटाएको ढुङ्गा संगै धुल्याम्मे सडक भएको कारण बाजर क्षेत्रमा हिडडुलमा समेत निकै समस्या आएको बताएका छन् ।

बजारमा राखिएको मिष्ठान पसलहरु बढी प्रभावित बन्दै गएको ब्यवसायीहरुको भनाई रहेको छ् । हावाहुरीको कारण सडकबाट उड्ने धुलोले ब्यवसायहरुको पसलहरुमा धुलोको कारण पसलहरु ध्ुल्याम्मे हुने गरेको बताईएको छ् । बाबाथान बजार दोधारा चाँदनी नगरपालिका क्षेत्रको सबै भन्दा पुरानो बजार मानिन्छ् । बजार ब्यवसायीहरुले स्थानिय तहका जनप्रतिनिधीहरुलाई सडक धुल्याम्मे भएर आफ्नो व्यावसायमा समस्या पर्दै आएको बताएपछि दोधारा चाँदनी नगरपालिका कार्यालयले सडकको कारण आउने धुलो, मैलोलाई रोक्न ३ थान सानो सिचाईको मोटर उपलब्ध गराएको ब्यवसायीहरुले बताएका छन् ।

बारम्बार जनप्रतिनिधीहरुले सडक बनाउने आश्वास गर्दै आएपनि सडक निमार्ण कार्यमा कसैको ध्यान नगएको स्थानियहरुको गुनासो रहदै आएको छ् ।


ताजा समाचार

spot_img