युवा निर्माण व्यवसायी चन्द सम्मानित

कञ्चनपुर :कञ्चनपुरका एक युवा निर्माण व्यवसायीलाई वडा कार्यालयले सम्मान गरेको छ । बेदकोट नगरपालिका ५ वडा कार्यालयले युवा निर्माण व्यवसायी सुर्य बहादुर चन्दलाई सम्मान गरेको हो । दोगडाभूमिराज कन्सक्ट्रक्सनका प्रतिनिधी चन्दले समय अवागै आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माण गरेको भन्दै प्रमाण पत्र दोसल्ला ओढाएर सम्मान गरेको छ ।

बेदकोट नगरपालिका ५का वडाध्यक्ष चित्रदेव भट्टले समयमै सन्तोषजनक गुणस्तरिय काम गरेकाले निर्माण व्यवसायी चन्दलाई सम्मान गरिएको बताए । गत बर्ष १७बैशाखमा शिलान्यास गरिएको उक्त भवन निर्माण सम्झौता अवागै पुरा गरेर १७बैशाखमा उद्घाटन गरिएको छ ।

आइतबार उद्घाटन कार्यक्तमममा बेदकोट नगर उपप्रमुख तुलसी जोशी सहितका जनप्रतिनिधी कर्मचारीले दोसल्ला ओढाएर सम्मान गरेका थिए । कोरोना महामारीपछि आर्थिक सकट भएका बेला निर्माण व्यवसायी चन्दले आफु संकटमा भएपनि सन्तोषजनक रुपमा गुणस्तरिय भवन निर्माण गरेको भन्दै प्रसंसा गरेकी छिन ।निर्माण व्यवसायी चन्दले कामप्रति सन्तोष भएर गरिएको सम्मानले उत्साह थपिएको र भावि दिनमा थप जिम्मेबारीपुर्वक कामकाज गर्ने बताए ।

ताजा समाचार

This will close in 10 seconds