लागु औषधको लतमा रहेका चालक, सह चालक पक्राउ

कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिका क्षेत्रबाट लागु औषध सहित तीन युवक पक्राउ परेका छन । लागु औषध नियन्त्रण ब्यूरो शाखा महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको संयुक्त टोलीले तीन युवकलाई पक्राउ गरेको हो ।
प्रहरी स्रोतका अनुसार खैरो हिरोईन सहित भीमदत्त नगरपालिका ६का हरि जोशी, दार्चुला घर भई महेन्द्रनगर बस्दै आएका गोबिन्द धामी, आनसिह साउदलाई पक्राउ गरिएको छ ।

जोशीको साथबाट २१०मिनिग्राम खैरो हिरोईन, धामी र साउदको साथबाट १ग्राम ८६०मिनिग्राम लागु औषध बरामद गरिएको छ । साउद चालक, धामी सह चालक रहेका छन । लागु औषधको तस्करी, ओसारपसारमा चालक, सह चालक नै संलग्न भएपछि थप चिन्ता व्यक्त गरिएको छ । लागु औषध नियन्त्रण ब्यूरो शाखाका प्रह पदम सिह विष्टको कमाण्डमा गएको टोलीले उनीहरुलाई पक्राउ गरेर थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुर पठाएको छ । पछिल्ला दिनहरुमा लागु औषध तस्कर बिरुद्धमा ब्यूरोले सकृयतापुर्वक कार्बाही गर्दै आएको छ ।

ताजा समाचार