कञ्चनपुर : नेकपा विप्लवले गरीखाने वर्गको उठिबासी हुने गरेर विस्थापित गर्न नहुने माग अघि सारेको छ । कञ्चनपुरमा सरकारी जमिन अतिक्रमणका नाममा खाली गराउने बहानामा गरिखाने विपन्न वर्गको उठिबासी हुने गरेर विस्थापित गर्न नहुने माग अघि सारेको हो ।
आइतबार नेकपा विप्लवले एक प्रेस नोट जारी गर्दै जिल्ला प्रशासन, केही पालिकाहरुले राजनीति दलहरुले अतिक्रमिक सरकारी जमिन खाली गराउने विषय बाहिर आएको भन्दै विकल्प बिना कसैलाई विस्थापित गर्न नहुने तर्क राखेको छ । आफ्नो श्रम गरेर गरिखाने वर्गको विचल्ली पार्ने गरेर जारी भएका सुचनामा उनीहरुमा त्रास फैलिएको जनाएको छ । हटाउने निर्णय खारेजी गर्दै विकल्प सहित व्यवस्थापन तर्फ जोड दिईएको छ ।
नेकपा विप्लव कञ्चनपुरका इन्चार्ज विपी सी(बिराट)द्वारा हस्ताक्षरित गरिएको प्रेस नोटमा भूमिहिन, सुकुमबासी, आरक्षपीडित, वाढीपीडित र अव्यवस्थित बसोबास गरिरहेका नागरिकको शिघ्र समाधानमा जोडदिईएको छ ।