बैजनाथ धार्मिक तथा पर्यटकीय विकास समितिको आम्दानी–खर्चको विवरण सार्वजनिक


राजेन्द्रप्रसाद पनेरु/ झलारी : मणिका धाममा लागेको मेलाको आम्दानी र खर्चको विवरण शुक्लाफाँटा नगरपालिका ८ स्थीत बैजनाथ धार्मिक तथा पर्यटकीय विकास समितिले आज सार्वजनिक गरेको छ । धार्मिक क्षेत्रमा कार्यक्रमको आयोजना गरी आम्दानी र खर्चको विवरण समितिका पदाधिकारी, बुद्धिजिवि, निवर्तमान समितिका पदाधिकारी, सञ्चारकर्मी, सल्लाहकार समितिका पदाधिकारीको रोहवरमा अध्यक्ष पूण हमालले सार्वजनिक गर्नु भएको हो ।मेलाको आम्दानी रु दुई लाख ७७ हजार नौ सय २९ भएकोमा खर्च रु एक लाख ५५ हजार आठ सय ३७ भएको अध्यक्ष हमालले बताउनु भयो । आम्दानीबाट खर्च कटाएर रु एक लाख २२ हजार ९२ रकम बचत रहेको उहाँले बताउनु भयो ।

उहाँका अनुसार आम्दानी तर्फ सचिवालयबाट सङकलन भएको रकम रु ७८ हजार एक सय ३३, बजारबाट सङकलित रकम रु एक लाख २० हजार पाँच सय २०, पार्किङबाट सङकलित रु ६७ हजार,दानपेटिबाट सङकलित रु तीन हजार सात सय ७६, पूजा भेटीबाट सङकलित रु आठ हजार पाँच सय रहेको छ । खर्च तर्फ टेन्ट तथा जनरेटर वाफत रु २४ हजार एक सय १८, छपाई खर्च रु आठ हजार दुई सय ६५, मेला भण्डारा खर्च रु १२ हजार दुई सय ६५, तरकारी खरिद रु चार हजार छ सय ५९, पाईप, चुना, बेल्चा, सिमेन्ट खरिद वाफत रु नो हजार छ सय, धारा मर्मत तथा जटारस्सी खरिद रु दुई हजार सात सय ६५, एफएममा सूचना प्रसारण वाफत रु एक हजार, स्टेशनरी खरिद रु एक हजार एक सय ५७, खानेपानी पाईपलाईन राख्न खोदान तथा भरान वाफत रु २७ हजार छ सय रहेको छ ।

यसैगरी, तारवार मर्मत रु नौ हजार छ सय, इन्टेक मर्मत रु सात हजार पाँच सय, ताल मन्दिर परिसर सरसफाई रु आठ हजार चार सय, पार्किङमा खटिएका कर्मचारीलाई पारिश्रमिक रु १९ हजार दुई सय, मूल पूजारी दक्षिण, दमाहा वजाए वाफत रु १२ हजार पाँच सय ५८, मेलाको सामान ढुवानी वाफत रु सात हजार एक सय ५० रकम खर्च भएको छ ।
मेलाको आम्दानी र खर्चको विवरण सार्वजनिकीकरण कार्यक्रमको सञ्चालन समितिका सचिव डम्बर बहादु ऐरले गर्नु भएको थियो । कार्यक्रमा बोल्दै सल्लाहकार समितिका संयोजक भरत बहादुर ऐरले पर्यटकीय क्षेत्र मणिका धामको बृहत्तर विकासका लागि सबैको सहयोग आवश्यक रहेको बताउनु भयो । सल्लाहकार समितिका सदस्य दुर्गाप्रसाद भट्टले पुरिदै जान थालेको मणिका तालको सरसफाई संगै विद्युत लाईन विस्तार र ताल क्षेत्रमा डिप बोरिङ जडानका लागि नगरपालिकाले पहल लिनु पर्ने बताउनु भयो । धार्मिक पर्यटकीय क्षेत्रमा धर्मशाला र यज्ञ कुण्ड निर्माणका लागि रु दुई करोड बढीमा ठेक्का सम्झौता भैसकेकाले कार्यको गुणस्तरीयता र यस क्षेत्रको मौलिकपनमा विशेष जोड दिनु पर्ने उहाँको भनाई थियो ।


Loading Viewer...

ताजा समाचार

spot_img