कञ्चनपुर प्रहरी प्रमुख जाेशी भन्सार तस्करी विरूद्व एक्सनमा, दुई दिनमै १६ लाखका समान बरामद

रमेश प्रसाद भट्ट/ कञ्चनपुर- जिल्ला प्रहरी कार्यालय कञ्चनपुर भन्सार चाेरी,छली, तस्करी नियन्त्रणमा निर्मम भएर लागेसंगै दुईदिनमै १६ लाख बराबरका अबैध भन्सार छलीका समान बरामद् गरेकाे छ ।  भन्सार चाेरी, छली, तस्करी नियन्त्रणमा कञ्चनपुर प्रहरी एक्सनमै उत्रीएसंगै दुई दिनमै १६ लाख बराबरकाे अबैध समान बरामद गरेकाे हाे । हिजाे मंगलबार र आज बुधबार गरी जिल्लाकाे बेलाेैरी, गड्डाचाैकि र मझगाँउबाट कञ्चनपुर प्रहरीले झण्डै १६ लाख बराबरकाे अबैध समान बरामद गरेकाे छ । मंगलबार ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले  बेलौरी- ८ स्थितबाट अन्दाजी १४ लाख ६२ हजार बराबरका अबैध समान बरामद गरेकाे छ ।

यस्तै  अस्थाई प्रहरी पाेष्ट सुकाशालबाट खटिएको प्रहरी टोलीले अन्दाजी ५४ हजार ७ सय तीस रूपयाँ बराबरका अबैध समान, अस्थाई प्रहरी पाेष्ट मझगाउँबाट खटिएको प्रहरी टोलीले अन्दाजी मुल्य दस हजार बराबरका भन्सार चाेरी तस्करी गरि ल्याएका समान बरामद गरेकाे जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख प्रहरी उपरिक्षक (एसपि) चक्रराज जाेशीले बताउनु भयाे । यस्तै बुधबार (आज) मात्रै ईलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले भि.न.पा.वडा नं. ११ स्थितबाट अन्दाजि ७१ हजार २ सय बराबरका समान बरामद् गरेकाे कञ्चनपुर प्रहरी प्रमुख एसपि जाेशीले बताए । उनले भने “भन्सार चाेरी, तस्करी गरि ल्याएका जम्मा अन्दाजी मुल्य १५ लाख ९७ हजार ९ सय तीस रूपयाँ बराबरकाे  भन्सार छलिका अबैध समान बराबद् गरेका छाै ।” बराबद हुने समानहरूमा गहु, ट्याक्कर थान २, साईकल थान १, डिउ,चिनी, सुट, कुर्ती, लेडिज टि-सर्ट, धोती, मिश्री, तेल, प्याज, बिडी, सुर्ती, बिस्कुट,जिरा, गम्छा लगायतका सामानहरु फेला पारी कानुन बमोजिम बरामद गरी थप आवश्यक कारवाहीको लागी भन्सार कार्यालय पठाईएको प्रहरी प्रमुख एसपि जाेशीले बताए ।

एसपि जाेशीले भने “मैले गैर कानुनी कार्य गर्ने जाेहिलाई पनि नछाेडने भन्दै भन्सार चाेरी, छली, तस्करी नियन्त्रणमा जिल्लाका सबै प्रहरी युनिटहरूमा कडा निर्देशन गरेकाे छु ।” यस अघिका कञ्चनपुर प्रहरी प्रमुख कमल थापाले जिल्ला भरीनै भन्सार चाेरी तस्करी नियन्त्रणमा एक्सननै चलाएका थिए, भने गाेदाममै छापा मारेर कराेडाैका अबैध अमान बरामद् गर्न सफल भएक थिए । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरकाे कमाण्ड सम्हालेका  एसपि जाेशीले अहिले भन्सार चाेरी,तस्करी नियन्त्रणमा निर्मम भएर लागेसंगै जिल्ला भरका सिमा क्षेत्रमा सुरक्षा व्यवस्थामा कडाई समेत गरिएकाे छ । यसरी कञ्चनपुर प्रहरीले राखेकाे लक्ष्य भन्दा तेब्बरले राजस्व संकलनमा बृद्वी समेत भएकाे देखिन्छ ।

ताजा समाचार