सुदूरपश्चिममा माओवादी केन्द्रको रूपान्तरण अभियानको शुभारम्भ

अरुण प्रशाद भट्ट/कञ्चनपुर: नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसरमा नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशले दुई महिने रूपान्तरण अभियानको शुभारम्भ गरेको छ । नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशको योजनामा प्रदेशका ९वटै जिल्लाहरुमा अभियान शुरु गरेको हो । सोमबार एकैसाथ शुभारम्भ समारोहको आयोजना गरी दुई महिने रूपान्तरण अभियान कार्यक्रम सुरु भएको माओवादी केन्दले जनाएको छ । पार्टीका नियमित तथा थप नयाँ कार्यक्रमहरू सहित दुई महिने रूपान्तरण अभियान सञ्चालन हुने नेकपा माओवादी केन्द्रले जनाएको छ ।

सोमबार कञ्चनपुरको महेन्द्रनगरमा भएको शुभारम्भ समारोहमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज टेकेन्द्र प्रसाद भट्टले प्रदेशभरी अभियान शुरु भएको बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका माओवादी नेता भट्टले नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसका साथै कम्युनिस्ट नेता लेलिनको सतबार्षिकीका अवसरमा कम्युनिष्ट पार्टी र साम्यवादीका क्षेत्रमा र्पुयाउनुभएको योगदानको विषयमा चर्चा गर्नुभएको छ। सविधान सभा सदस्य समेत रहेका भट्टले दुई महिने रूपान्तरण अभियानले नेपाल कम्युनिस्ट पार्टीलाई सुदूरपश्चिममा नयाँ उचाइमा पुर्याउने विचार व्यक्त गर्नुभएको छ ।

नेकपा माअ‍ोवादी केन्द्र कञ्चनपुरका संयोजक खेम पाण्डेयले प्रदेश पाटी कमिटिले अघि सारेको अभियान जिल्लामा समेत शुरु भएको बताए । उनका अनुसार उद्घाटनसंगै जिल्लाभरी संगठन रुपान्तरण, जनताका आधारभूत आवश्यकता अपेक्षा अनुरुप पाटीले योजना बनाएर अघि बढ्ने बताए । माओवादी कञ्चनपुरका पाटी सचिव सरबीर सुनारले संचालन गरेको कार्यक्रममा केन्द्रीय सदस्य लोकेन्द्र लम्साल माया नेगी देवीलाल चौधरी नेता कार्यकर्ता, भातृ संघ संगठन सहितको उपस्थिति रहेको थियो ।

ताजा समाचार