गर्जमुनीमा अन्र्तराष्ट्रिय स्तरको क्रिकेट खेल मैदान सम्भाव्यता अध्ययनका लागि निरिक्षण

कञ्चनपुर : कञ्चनपुरको गर्जुमनुी गाँउमा अन्र्तराष्ट्रिय स्तरको क्रिकेट खेल मैदान सम्भाव्यता अध्ययनका लागि निरिक्षण गरिएको छ । शुक्लाफाँटा नगरपालिका ५को गर्जुमुनीमा अन्र्तराष्ट्रिय स्तरको क्रिकेट खेल मैदान सम्भाव्यता अध्ययनका लागि निरिक्षण गरिएको हो ।

सरकारको स्वामित्वमा रहेको वनको झण्डै ४० विगाह क्षेत्रफलमा अन्र्तराष्ट्रिय स्तरको क्रिकेट खेल मैदानको सम्भाव्यता अध्ययनका लागि क्रिकेटका सरोकारवालाले अनुगमन गरेका हुन । नेपाल क्रिकेट संघका अध्यक्ष चतुर बहादुर चन्द, क्यानका केन्द्रीय सदस्य एव कञ्चनपुरका जिल्ला अध्यक्ष बिरेन्द्र बहादुर चन्द, सुदूरपश्चिम प्रदेशका क्रिकेट संघ सचिव लक्ष्मण भट्ट, कोषाध्यक्ष दिनेश सिह सहितका सरोकारवालाहरुले स्थलगत अनुगमन गरेका छन।

ताजा समाचार