किसानले पाउनु पर्ने सेवा सुबिद्या नपाएको भन्दै दोधारा चाँदनीको कृषी र पशु शाखामा तालाबन्दी

दोधारा । किसानहरुलाई पाउनु पर्ने सेवा सुबिद्या नपाएको भन्दै राष्ट्रिय युवा संघ नेपाल दोधारा चाँदनीले कृषी र पशु बिकास शाखा कार्यालयमा तालाबन्दी गरेको छ् । दोधारा चाँदनी नगरपालिका– ६ वडा कार्यालय नजिक रहेको दोधारा चाँदनी नगरपालिका कृषी तथा पशु बिकास कार्यालयमा आज बिहान राष्ट्रिय युवा संघ नेपाल दोधारा चाँदनीको टोलीले तालाबन्दी गरेको हो । राष्ट्रिय युवा संघ नेपाल दोधारा चाँदनीका अध्यक्ष बिनोद चौधरीको नेतृत्वको टोलीले दोधारा चाँदनी नगरपालिका कृषी तथा पशु बिकास कार्यालयमा अनिश्चितकालिन तालाबन्दी गरेको बताईएको छ् ।

‘बिगत केही महिना देखि कृषी तथा पशु बिकास शाखामा कृषकहरुले पाउनु पर्ने कुनै पनि सेवा सुबिद्या प्राप्त नभएको र पटक पटक जानकारी गराउदा समेत वास्ता नगरेकोले हामी राष्ट्रिय युवा संघ नेपाल (नेकपा एमाले) नगरकमिटिको निर्णय बमोजिम कार्यालयमा तालाबन्दी गरिएको छ्’ राष्ट्रिय युवा संघ नेपाल दोधारा चाँदनीद्धारा जारी बिज्ञप्तीमा भनिएको छ ।

ताजा समाचार