जिल्ला लिग फुटबल प्रतियोगिता २०८१- छैटौं दिन तीन खेल सम्पन्न

कञ्चनपुर: जिल्लाको सदरमुकाम महेन्द्रनगरको खुलामञ्चमा संचालित जिल्ला लिग फुटबल प्रतियोगिताको छैठौं दिन तीन खेल सम्पन्न भएका छन् ।

सनिवार छैठौं दिन तिन खेल सम्पन्न भएका छ्न्। पहिलो खेल कञ्चन समाज र आदर्श नेपाल बिच बिहान ९ बजे भएको खेलमा कञ्चनले ५-१ गोलको अन्तरले आदर्शलाई हराउँदै समुह “बि” अंक तालिको ६ अंक जोडेको छ।

भने दोस्रो खेल राम युवा क्लब र महेन्द्रनगर युनाइटेड बिच बिहान भएको खेलमा राम युवा क्लबले १-० गोलको अन्तरले महेन्द्रनगर युनाइटेडलाई हराएको छ। समुह “बि” को ९ अंक जोड्दै शिर्ष स्थानमा रहेको छ। उक्त दिन भएको तेस्रो खेल त्रीपुरा युवा समाज र रोयल गोरखाज स्पोर्ट्स सर्कल बिच भएको थियो। सो खेलमा दुबै टिमले गोलरहित बराबरी खेलेको छ।

प्रतियोगिताको सातौं दिन समुह “ए” अन्तर्गतका दुई खेल हुने छन्। पहिलो खेल बिहान ९ बजे द ग्यालेक्सी युवा क्लब र दिप ज्योती युवा क्लब बिच प्रतिस्पर्धात्मक खेल हुने छ। दोस्रो खेल अपरान्ह ४ बजे सेक्युर्ड नेपालले र निङ्गलाशैनी विकास समाज बिच हुने छ।

ताजा समाचार