महेन्द्रनगर : कञ्चनपुरको एक सामुदायिक विद्यालयले विद्यालयमा विद्यार्थीको संख्या बढाउने उदेश्यका साथ अभिभावकको आकर्षण बढाउन नयाँ शैक्षिकशत्रदेखि अंग्रेजी माध्यममा अध्यापन गराउने भएको छ । कञ्चनपुरस्थीत महेन्द्रनगर बजारको मुटुमा रहेको श्री भृकुटि माध्यमिक विद्यालयले चालु शैक्षिकशत्र २०८१ बाट कक्षा नर्सरी देखि कक्षा १ सम्म अङ्ग्रेजी माध्यममा अध्यापन गर्ने भएको हो । यो शैक्षिक शत्रदेखि विद्यालयमा कक्षा नर्सरी देखि १ सम्म अङ्ग्रेजी माध्यममा अध्यापन गर्ने व्यवस्था गरेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजेन्द्र आग्रिले बताए । ‘विद्यालयको गुणस्तरीयतालाई मध्यनजर गर्दै यस सालबाट अंग्रेजी माध्यमबाट अध्यापन गराउने व्यवस्था मिलाएका छौँ’, विद्यालय व्यवस्थापन अध्यक्ष आग्रिले भने ‘अंग्रेजी माध्यम समयको माग भएकोले यो शैक्षिक सत्रबाट कक्षा तिनसम्म अंग्रेजी माध्यममा अध्यापन सुरु गर्ने योजना बनाएको हौँ ।’
उक्त विद्यालयमा नयाँ शैक्षिक सत्र २०८१ कालागि कक्षा नर्सरी देखि कक्षा १०सम्म विद्यार्थी भर्ना खुलेको छ । विद्यालयले कक्षा नर्सरीदेखि कक्षा १० सम्म नयाँ विद्यार्थी भर्ना खोलेको विद्यालयका प्रधानाध्यापक केशर सिंह महराले बताए । उनका अनुसार बैशाख १० गतेसम्म विद्यार्थी प्रवेशपरिक्षाका लागि फराम वितरण र १२ गते प्रवेश परिक्षा तथा १४ गते प्रवेश परिक्षाको नतिजा प्रकाशित र १५ गतेबाट कक्षा संञ्चालन हुनेछन् । भृकुटि मावि कञ्चनपुरको सरकारी विद्यालयमध्येकै एसईई, कक्षा ८ मा उत्कृष्ठ नतिजा दिदै आएको विद्यालय हो । वि.सं. २०२६ सालमा स्थापना भएको भृकुटि माध्यमिक विद्यालय सुविधासम्पन्न कक्षा कोठाको व्यवस्थाका साथै दक्ष, अनुभवि र तालिम प्राप्त शिक्षकहरुबाट कक्षा नरसरीदेखि कक्षा १२ सम्म अध्यापन गराउदै आएको छ ।
विद्यालयका कक्षाकोठाहरु सिसिटिभिबाट निगरानी गरिने, प्राजेक्टरको माध्यमबाट अध्यापन गरिने, ेलगायतका सुविधा रहेको छ । यो सामुदायिक विद्यालय राष्ट्रिय परीक्षा बोर्ड (एचएसबि) र प्राविधिक तथा व्यावसायिक तालिम परिषद् (सिटिईभिटि) सँग सम्बद्ध छ । यो शिक्षा मन्त्रालय, नेपाल द्वारा स्वीकृत छ र प्लस टु (१०+२) कार्यक्रम सञ्चालन गर्र्दै आएको छ । माध्यमिक तहमा प्राविधिक धारको पढाई हुदै आएको छ ।
