अति विपन्न दलित समुदायका बालबालिकालाई शैक्षिक सामग्री वितरण

कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका ५ का आर्थिक रुपमा अतिविपन्न दलित परिवारका बालबालिकालाई वडा कार्यालयको आर्थिक सहयोगमा राष्ट्रिय हलिया मुक्ति समाज कञ्चनपुरले बिहीवार शैक्षिक सामग्री वितरण गरेको छ ।
अति विपन्न परिवारका १६ जना बालबालिकाको छनौट गरी शैक्षिक सामग्री वितरण गरिएको हो । समाजका अध्यक्ष शिवी लुहारका अनुसार प्रत्येक बालबालिकालाई एक दर्जनका हिशावले कापी, विद्यालय तयारी पोशाक, ट्रयाक सुट, टि सर्ट, जुत्ता लगायत वितरण गरिएको छ ।

समाजका अध्यक्ष शिवी लुहारको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा कार्यबाहक वडा अध्यक्ष जीत बहादुर साउद प्रमुख अतिथि रहनु भएको थियो । शैक्षिक सामग्री वितरण कार्यक्रमा नगरपालिकाको कार्यपालिका सदस्य गणेश विक, वडा सदस्य जीवन पाण्डेय, अभिभावक लगायतको सहभागीता रहेको थियो ।

ताजा समाचार

This will close in 10 seconds