दोधारा चाँदनीमा गहुँवालीमा भिषण आगलागी, आगोले झण्डै २० बिघाह बढी गहुँवाली स्वाहा

दोधारा । बिद्युतको तार एक आपसमा ठोक्किएर सल्केको आगोले दोधारा चाँदनी नगरपालिकामा झण्डै २० बिघाह बढी गहुँवाली जलेर नष्ट भएको छ् । आज अपरान्ह आएको हावाहुरीको संगै एक आपसमा बिद्युत तार एकआपसमा ठोक्किएर सल्केको आगोले दोधारा चाँदनी नगरपालिका– ७ बाबाथान बजार नजिक गहुँवाली आगोले खरानी भएको छ् । स्थानियबासी, सशस्त्र प्रहरी र नेपाल प्रहरीले झण्डै २ घण्टापछि मात्रै आगोलाई नियन्त्रणमा ल्याउनसकेका हुन् । दोधारा चाँदनी नगरपालिका कार्यालय रहेको बरुण यन्त्र र भिमदत्तनगरपालिका कार्यालयको बरुण यन्त्रले आगोलाई नियन्त्रणमा ल्याएको स्थानियबासीहरुले बताएका छन् ।

आगलागीमा मानबिय क्षती हुनबाट भने जोगिएको छ् । खेतमा रहेको गहुँवाली आगोले खरानी भएपछि किसानमा के, खाने भन्ने चिन्ताले सताउन थालेको हो । आगलागीबाट झण्डै १५ घरपरिवार पुर्णरुपमा प्रभावित भएको बताईएको छ् । दोधारा चाँदनी नगरपालिका– ६ का वडाध्यक्ष ओंम बस्नेतले हावाहुरीको कारण बिद्युत तार एकआपसमा जोडिदा आगलागी भएको बताउनुभएको छ् । दोधारा चाँदनी नगरपालिकामा रहेको बरुण यन्त्रले आगो नियन्त्रण गर्ने अवस्था नभएको हुदा भिमदत्त नगरपालिकाबाट बरुण यन्त्र ल्याईएको उहाँले बताउनु भएको छ् ।

ठुलो क्षती भएको बताउनु हुदै दोधारा चाँदनी नगरपालिका– ६ का वडाध्यक्ष ओंम बस्नेतले स्थानिय सरकार र बिद्युतले क्षतीपुर्तीको लागी पहल हुने बताउनुभएको छ् । गहुँवालीमा आगलागी भएसंग शुदुरपश्चिम प्रदेश सरकार सदस्य बेल बहादुर राना, दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख किशोर कुमार लिम्बु आगलागी भएको स्थानमा पुग्नुभएको थियो ।

ताजा समाचार

This will close in 10 seconds