तीन खेल सम्पन्न एक बराबरी दुई टिमको विजय सुरुवात

रोयल गोर्खाज स्पोर्ट सर्कल र आदर्श नेपाल गोलरहित बराबरी कञ्चन र राम युवा क्लबको बिजय 

महेन्द्रनगर :  कञ्चनपुर जिल्लाको महेन्द्रनगर स्थित खुलामञ्चमा सञ्चालन रहेको जिल्ला फुटबल प्रतियोगिताको दोस्रो दिन एक बराबरी र दुई टिमले विजयी सुरुवात गरेको छ।आज मंगलबारका दिन तीन खेल सम्पन्न भएका छ्न्। पहिलो खेल रोयल गोर्खाज स्पोर्ट सर्कल र आदर्श नेपाल भाषि बिच बिहान ९ बजे भएको खेलमा दुबै टिमले गोलरहित बराबरी खेल्दै समान एकएक अंक बाडेका छन् ।प्रतियोगिता दोस्रो दिन दोस्रो खेल कञ्चन समाज र महेन्द्रनगर युनाइटेड बिच बिहान ११ बजे भएको थियो।सो खेलमा कञ्चन समाजले ४-१ गोलको अन्तरले हराउदै विजय सुरुवात गरेको छ। कञ्चन समाजलेले पहिलो जित निकाल्दै ३ अंक जोडेको छ।उक्त दोस्रो दिनको अन्तिम खेल अर्थात तेस्रो खेल त्रिपुरा समाज र राम युवा क्लब पुनर्वास बिच अपरान्ह ४ बजे भएको प्रतिस्पर्धात्मक खेलमा राम युवा क्लबले १-० गोलको अन्तरले त्रीपुरा समाजलाई हराउदै आफ्नो पहिलो जित निकाल्दै ३ अंक जोडेको छ।प्रतियोगिता तेस्रो दिन भोलि दुई खेल हुने छन्। पहिलो खेल बिहान ९ बजे निङ्गलाशैनी विकास समाज र दिप ज्योती युवा क्लब बिच प्रतिस्पर्धात्मक खेल हुने छ।उक्त दिनको अन्तिम अर्थात दोस्रो खेल सेक्युर्ड नेपाल र अरनिको युवा क्लब पुनर्वास बिच अपरान्ह ४ बजे कडा प्रतिस्पर्धात्मक खेल हुने प्रतियोगिता संयोजक नितेश रावलले बताएका छन् ।

ताजा समाचार

This will close in 10 seconds