प्रधानाध्यापक नाथले आफ्ना छोरालाई आफ्नै विद्यालयमा भर्ना गरे

कञ्चनपुर :”चालु शैक्षिक सत्र ०८१मा देशैभरी भर्ना अभियान संचालन भईरहेका बेला कञ्चनपुरको एक सामुदायिक विद्यालयका प्रद्यानाध्यापक(हेडसर)ले आफ्ना छोरालाई आफ्नै विद्यालयमा भर्ना गरेका छन । भीमदत्त नगरपालिका १९बागफाँटा स्थित लक्ष्मी माध्यामिक विद्यालयका प्रअ(हेडसर) प्रमानन्द नाथले आफ्ना छोरा रोशन नाथलाई आफ्नै विद्यालयमा भर्ना गरेका हुन ।

मंगलबार प्रअ नाथले छोरा रोशन नाथलाई कक्षा ९मा भर्ना गरेका छन ।bसामुदायिक शिक्षकहरुलाई आफ्ना सन्तान निजी(बोडिङ्ग)मा पठाएर जनताका छोराछोरीहरुलाई मात्रै भर्ना गराउने आरोप लागिरहेका बेला प्रअ नाथले अन्य शिक्षक कर्मचारीलाई आफ्ना सन्तान आफु कार्यरत भर्ना गर्नका लागि दवाव नदिई आफैले आफ्ना सन्तानलाई भर्ना गराएका छन ।

कतिपय हेडसरहरुले आफ्ना सन्तान निजी बाह्य विद्यालय पठाउने अन्य शिक्षक, कर्मचारीलाई आफु कार्यरत भर्नाका लागि दवाव दिने प्रवृति चिर्दै विद्यालय नेतृत्वकर्ता आफैले आफ्ना सन्तानलाई कार्यरत विद्यालयमा भर्ना गरेका छन । प्रअ नाथले अरुमाथि प्रशन, औल्या तेस्र्याउनु भन्दा सुधार आफैबाट कुरागफ भाषण नभई व्यवहारिक रुपमै देखाईदिएका छन ।

ताजा समाचार

This will close in 10 seconds