तिलाचौरको कृष्ण टोल भौन्याल जोशी परिवारद्वारा ज्ञान महायज्ञ

कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिका एक जोशी परिवारले घरमै ज्ञान महायज्ञ संचालन गरेको छ । भीमदत्त नगरपालिका ८ तिलाचौर (कृष्ण टोल) स्थित भौन्याल जोशी परिवारले घरमै ज्ञान महायज्ञ संचालन गरेको हो । भौन्याल जोशी परिवारले परिवारकै खर्चमा श्रीमद् देवी भागवत महापुराण नवाह ज्ञान महायज्ञ संचालन गरेकोे जनाएको छ । भौन्याल जोशी परिवारका अगुवा डम्मर दत्त जोशीले गत २६ चैत्रदेखि महायज्ञ शुरु भएको बताए । उनका अनुसार भौन्याल जोशी परिवारले घरपरिवार, गाँउठाँउमा शान्ति, सम्बृद्धिका लागि महासंज्ञ संचालन गरिएको छ ।

‘हाम्रा अग्रज पुर्खाहरुले हरिद्वारबाट जल ल्याएर महायज्ञ शुरु गरेका छौँ, ‘उनले भने, ‘९कन्याका खुट्टा धोएर आराधाना गरेका छौँ ।’ यस अघि ०५१ सालमा पनि घरमै ज्ञान सप्ताह यज्ञ लगाएको अहिले ९दिने महायज्ञ लगाएको उनले बताए । भौन्याल जोशी परिवारका जेष्ठ सदस्य प्रमानन्द जोशीले अस्मिकेदार स्वामीको कृपाले सुखशान्तिका लागि महासंज्ञ संचालन गरिएको बताए । उनले महायज्ञबाट ज्ञानबृद्धिका साथै सद्भाव हुने बताए । मुख्य कथाबाचक समेत रहेका शास्त्री पण्डित भक्तराज जोशीले शिवझक्ती महाध्यमबाट ज्ञान प्राप्ती, प्रेम, सद्भावको बृद्धि विकास हुने बताए ।

‘महायज्ञबाट मानिस मानिसविचको सद्भावदेखि ज्ञान बृद्धि भएर समाज सुधार हुन्छ, ‘उनले भने, ‘महायज्ञमा विभिन्न धार्मिक ज्ञानगुनका प्रबचन दिईन्छन ।’ ५ बैशाखसम्म संचालन हुने महायज्ञमा दैनिक सयौँ दर्शनार्थीहरु आउने गरेका छन ।

ताजा समाचार