महेन्द्रनगरमा जिल्ला लिग फुटबल प्रतियोगिता सुरु

पहिलो खेल गोलरहित बराबरी र दोस्रो खेलमा निङ्गलाशैनी विकास समाजको विजया सुरुवात

महेन्द्रनगर : कञ्चनपुर जिल्लाको सदरमुकाम स्थित महेन्द्रनगरको खुलामञ्चमा सोमवारदेखि जिल्ला लिग फुटबल प्रतियोगिताको सुरुवात भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को वार्षिक कार्यतालिका अनुसार जिल्ला लिग फुटबल प्रतियोगिता – २०८१ संचालन भएको हो । उदघाटन खेल अन्तर्गत डिफेन्डिङ च्याम्पियन दिप ज्योती युवा क्लब र अरनिको युवा क्लब पुनर्वास बिच भएको पहिलो खेल गोलरहित बराबरी भएको हो ।

सोमबार भएको दिप ज्योती युवा क्लब र अरनिको युवा क्लब पुनर्वास बिच भएको रोमाञ्चक पहिलो खेलमा अरनिकोले गोलरहित बराबरीमा दिप ज्योती लाई रोकेको छ । निर्धारित समयमा दुबै टिमले गोल नगर्दा एक–एक अंक बाडेका छन् । यस्तै दोस्रो खेल दिउँसो ४ बजेदेखी सुरु भएको थियो दोस्रो खेलमा निङ्गलाशैनी विकास समाज र द ग्यालेक्सी युवा क्लब बिच प्रतिस्पर्धा भएको थियो । उक्त खेलमा निङ्गलाशैनी विकास समाजले आफनो पहिलो लिगको खेलजितेको छ । उक्त खेलमा निङ्गलाशैनी विकास समाजले ३-२ गोलको अन्तरले यालेक्सी युवा क्लब लाई हराएको छ।

मंगलवारको पहिलो खेल रोयल गोर्खाज स्पोर्ट सर्कल र आदर्श समाज भासी बिच विहान ९ बजेदेखी हुने भएको छ भने दोस्रो खेल कञ्चन समाज र महेन्द्रनगर युनाइटेड विच बिहान ११ बजेदेखी सुरु हुनेछ। भने उक्त दिनको अन्तिम खेल त्रिपुरा समाज र राम युवा क्लब विच बेलुकी ४ बजे हुने कञ्चनपुर जिल्ला फुटबल संघ का महासचिव एवम् प्रतियोगिता संयोजक नितेश रावलले बताएका छन् । प्रतियोगिताको उद्धघाटन भीमदत्त नगरपालिका मेयर पदम बोगटीले गर्नु भएको थियो। प्रतियोगितामा च्याम्पियन हुने टिमलाई पुरस्कार दिने समेत घोषणा गरेको छ । जसमा विजेता हुने टिमलाई ५१ हजार १ सय ११, उपविजेता हुने टिमले २५ हजार ५ सय ५५ रुपैया र सेमिफाइनल पुग्ने टिमले सान्त्वना पुरस्कार ११ हजार १ सय ११ रुपैया रहेको छ ।

ताजा समाचार