ब्रम्हदेब गड्डाचौकी नाका तीन दिनका लागि बन्द

कञ्चनपुर : भारतको उत्तराखण्ड प्रदेशसंग जोडिएको कञ्चनपुरका दुई नाका तीन दिनका लागि बन्द हुने भएका छन । उत्तराखण्ड चम्पावत जिल्लासंग जोडिएको कञ्चनपुरको ब्रम्हदेब र गड्डाचौकी नाका तीन दिनका लागि बन्द हुने भएका हुन । भारतमा लोक सभा निर्वाचन हुने भएकाले चम्पावत जिल्ला अन्तरगत प्रथम चरणको मतदान हुने भएकाले तीन दिनका लागि नाका बन्द हुने भएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ ।

कञ्चनपुरका निमित्त प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले हस्ताक्षर गरेको सुचनामा १बैशाख ७अर्थात १९अप्रेलमा हुने निर्वाचनका लागि ४ बैशाख बेलुका ५ः१५बजेदेखि ७बैशाख मतदान समाप्ती हुँदासम्म नेपाल भारत सीमा नाकाहरु पूर्ण बन्द हुने जनाईएको छ । यस विचमा स्वास्थ्य सेवा बाहेक अन्य पूर्ण रुपमा बन्द रहनेछन । जिल्लाकोे उत्तरी पश्चिम नाका बन्द भएपनि र्दिक्षणीपुर्वी नाका दोधारा चाँदनीदेखि पुनर्वासम्मको क्षेत्रमा भने नाका बन्द नरहेको जनाईएको छ ।

भारतमा हुने लोकसभा निर्वाचनका कारण तीन दिन नाका बन्द हुने भएपछि भारतको उत्तराखण्ड चम्पावत र नेपालको सुदूरपश्चिम प्रदेश कञ्चनपुर ब्रम्हदेब, महेन्द्रनगरमा रहेका सिद्धनाथ मन्दिरमा लागेको पुर्णागिरी मेलाका दर्शनार्थीलाई समेत सास्ती हुने भएको छ ।

ताजा समाचार