निजामती कर्मचारी अस्पतालमा नवजात शिशु उपचार सघन कक्ष सुरु

दोरेन्द्र खड्का काठमाडौं : निजामती कर्मचारी अस्पतालमा नवजात शिशु उपचार सघन कक्ष सुरुभएको छ ।इसियु)को उद्घाटन भएको छ । संङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले आइतबार उद्घाटन गर्नुभएको छ । नवजात शिशुको स्वास्थ्य निकै संवेदनशील विषय हो ।

गर्भावस्थाबाट शिशु अवस्थामा रुपान्तरण निकै जटिल हुन्छ । शिशुले जीवनको निम्ति चाहिने उर्जा र अक्सिजन आफैंले पुर्याउनु पर्ने हुन्छ । यो रुपान्तरणको घडीमा करिब ३० प्रतिशत शिशुमा स्वास्थ्य समस्या देखिन सक्छ । यी शिशुहरूको जीवन रक्षाको लागि बिशेष स्वास्थ्य उपचार आवश्यक हुन्छ यसै उद्देश्य का साथ निजामती कर्मचारी अस्पतालमा नवजात शिशु उपचार सघन कक्ष (एनआइसियु)को उद्घाटन भएको छ ।

संङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले आइतबार उद्घाटन गरेसँगै एनआइसियु कक्ष सञ्चालनमा आएको छ ।  अस्पतालका निर्देशक बिधान निधि पौडेल ले अस्पताल सधैं गुणस्तरिय उपचारका लागि तत्पर रहेको बताए । विषेशगरी बालबालिकाको स्वास्थ्यमा अस्पतालले योगदान पुर्याउने उनले बताए ।

ताजा समाचार