स्वास्थ्यकर्मी निलमले चलाएकाे क्यान्सर पिडित `सम्राट थापा´ बचाँउ अभियानबाट संकलित रकम हस्तान्तरण

बेलडाँडी :- स्वास्थ्यकर्मी निलम भट्टले बेलडाँँडीका कयान्सर पिडित बालक `सम्राट थापा´ बचाँउ भियानबाट संकलित भएकाे रकम पिडित परिवारलाई हस्तान्तरण गरिएकाे छ । जिल्लाकाे बेलडाँडी गाउपालिका-२ का क्यान्सर राेगबाट पिडित १४ बर्षिया बालक`सम्राट थापा´ बचाँउ अभियानमा स्वास्थ्यकर्मी निलम भट्टले चलाएकाे आर्थिक सहयाेगबाट संकलित रकम हस्तान्तरण गरिएकाे हाे । आर्थिक अवस्था कमजाेर भएका थापाकाे उपचारमा समस्या भएपछि बेलडाँडी गाउपालिका- ५ राैतेली विचवा स्वास्थ्य चाैकिमा कार्यरत अनमी निलम भट्ट चन्दले गत बर्ष माघ देखि चैत्र महिना सम्म चलाएकाे आर्थिक सहयाेग अभियान चलाएका थिए ।

साे आर्थिक सहयाेग अभियानबाट संकलन भएकाे नगद १ लाख ७ हजार ७ सय नाै रूपयाँ हस्तान्तरण गरिएकाे स्वास्थ्यकर्मी निलम भट्ट चन्दले बताउनु भयाे । उनले भने “उपचारमा सहयाेग पुगाेस भनेर क्यान्सर पिडित बालक परिवारकाे आर्थिक अभावकाे समस्या देखेर चलाएकाे सहयाेग अभियानमा जेजति रकम उठ्याे सबै क्यान्सर पिडित बालकका परिवारलाई दीएकाे बताए ।” केही सानाे सहयाेगले कसैकाे जीवन रक्षा हुन्नछ भने, त्याे मेरा लागि धर्म रहेकाे स्वास्थ्यकर्मी निलम बताए ।´ उहाँले अभियानमा आर्थिक सहयाेग गर्नुहुने सबैलाई आभार सहित धन्यावाद दिनु भयाे । नगद रकम सम्राट थापाका मामा अर्जुन थापालाई हस्तान्तरण गरेकाे उनले बताए ।

रकम बुझ्दै क्यान्सर पिडित बालकका मामा अर्जुनले सहयाेग अभियान चलाएकाेमा स्वास्थ्यकर्मी निलम र सबै सहयाेगी दाताहरूलाई धन्यावाद व्यक्त गरे । क्यान्सर पिडित थापाकाे चितवन क्यान्सर अस्पतालमा उपचार भईरहेकाे उनका मामा अर्जुन थापाले बताए । उनकाे स्वास्थ्य सुधार भईरहेकाे छ ।

ताजा समाचार