आर्थिक अवस्था कमजोर रहेका बिरामीलाई दुवईबाट सहयोग जुटाउदै दोधारा चाँदनीका उपमेयर जोशीको छोरा शुशिल

दोधारा । दोधारा चाँदनी नगरपालिकाका नगरउपमेयर गंगा देबी जोशीका छोरा शुशिल जोशीले आर्थिक अवस्था कमजोर रहेका बिरामीहरुलाई आर्थिक सहयोग गर्नुभएको छ् । दोधारा चाँदनी नगरपालिका– १० निवासी तथा दोधारा चाँदनी नगरपालिकाका नगरउपप्रमुख गंगा देबी जोशीका छोरा शुशिल जोशीले दोधारा चाँदनीमा बसोबास गर्दै आएका आर्थिक अवस्था कमजोर रहेर उपचार गर्न समस्या रहदै आएका ७ जना बिरामीहरुलाई आर्थिक सहयोग गरेको दोधारा चाँदनी नगरपालिकाका नगरउपप्रमुख गंगा देबी जोशीको सचिवालले जनाएको छ् । हाल शुशिल जोशी रोजगारीको सिलसिलामा दुवईमा रहदै आएका छन् । आर्थिक अवस्था कमजोर रहेर उपचार गर्न सकस भएकाहरुलाई मध्यनजर राख्दै शुशिल जोशीले दुवईमा रहेका नेपाली तथा बिदेशी साथीहरु संग रकम संकलन गरि उपचार रकम पठाएका दोधारा चाँदनी नगरपालिकाका नगरउपप्रमुख गंगा देशी जोशीले बताएका छन् ।

शुशिल जोशीले उपचारमा सहयोग होस भन्ने उद्धेश्यले रु. ३२ हजार ५ सय रकम पठाएका दोधारा चाँदनी नगरपालिकाका नगरउपप्रमुख गंगा देवी जोशीको भनाई रहेको छ् । सुक्रवार एक कार्यक्रमको बिच दोधारा चाँदनी नगरपालिकामा ७ जना बिरामीलाई दुवईबाट प्राप्त आर्थिक सहयोग रकम हस्तान्तरण गरिएको छ् । कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाका नगरउपप्रमुख गंगा देबी जोशी, नेपाली काग्रेंस दोधारा चाँदनीका नगर सभापती राजेन्द्र मल्ल, वडा सदस्य, बिरामीहरु तथा स्थानियहरुको उपस्थिती रहेको थियो । दोधारा चाँदनी नगरपालिकाका नगर उपप्रमुख गंगा देबी जोशीका छोरा शुशिल जोशीले आर्थिक अवस्था कमजोर रहेर उपचार गर्न समस्यामा पर्दै आएकाहरुलाई सहयोग कार्य निकै उत्साहजनक तथा स्वागतयोग्य रहेको स्थानियहरुले बताएका छन् ।

दोधारा चाँदनी नगरपालिका क्षेत्रमा रहेका क्यान्सर तथा मृगौलाबाट पिडितहरुलाई आर्थिक सहयोग गर्ने उद्धेश्यले नगरउपप्रमुखले कार्यक्रम राख्नु भएको भन्दै नेपाली काग्रेंस दोधारा चाँदनीका नगरसभापती राजेन्द्र मल्लले नगरउपप्रमुख जोशीलाई हृदय देखि धन्यबाद दिएका छन् । नगर उपप्रमुख गंगा देबी जोशीका छोरा शुशिल जोशीको पहल कदमीमा बिभिन्न देशमा रहेका युवा साथीहरुबाट सहयोग संकलन गरेको कार्य अत्यन्तै सुन्दर, अत्यन्तै मानवियक कार्य भएको नेपाली काग्रेंस दोधारा चाँदनीका नगरसभापती राजेन्द्र मल्लले बताए ।

दुवईमा रहेका शुशिल जोशी (कञ्चनपुर), असमित घिमिरे (मोरङ्ग), रमेश श्रेष्ठ (रामेछाप), हेमराज पन्त (कञ्चनपुर), अनिष महजर्न (काठमाण्डौं), माधव घिमिरे (पाल्पा तान्सेन), चेसिल (फिलिपिन्स), थोजेन (म्यानमार्क), अलेक जेण्डर (युक्रेन), दारिया (बेलारुस), क्याजेरिम (मालदिप, दरिन (फिलिपिन्स), कारलत (म्यानमार्क) लगाएत ब्यक्तीहरुले दोधारा चाँदनी नगरपालिकामा रहनुभएका बिरामीहरुलाई उक्त रकम पठाएका नगरउपप्रमुख गंगा देशी जोशीले कार्यक्रममा जानकारी दिएका छन् ।

उपचारको लागी रकम नभएर समस्यामा पर्दै आएका जग्गु बिष्ट, बिष्णु उपाध्याय, आकाश ठगुन्ना, जुना सुनार, देवी खत्री, प्रेम चन्द, र सागर सुनारले दोधारा चाँदनी नगरपालिकाका नगरउपप्रमुख गंगा देबी जोशी र बिदेशमा रहेका दाताहरुलाई बिशेष धन्यबाद दिएका छन् ।

ताजा समाचार