महेन्द्रनगर: कञ्चनपुर जिल्लाको सदरमुकाम स्थित महेन्द्रनगरको खुलामञ्चमा बैशाख पहिलो साता देखि जिल्ला लिग फुटबल प्रतियोगिता सञ्चालन हुने छ।

कञ्चनपुर जिल्ला फुटबल संघले शुक्रबार पत्रकार सम्मेलन गर्दै जिल्ला लिग फुटबल प्रतियोगिताको सम्पुर्ण तयारी पूरा भएको कञ्चनपुर जिल्ला फुटबल संघका अध्यक्ष गणेश बहादुर चन्दले बताउनु भयो। अखिल नेपाल फुटबल संघ (एन्फा) को वार्षिक कार्यतालिका अनुसार जिल्ला लिग फुटबल प्रतियोगिता – २०८१ बैशाख ३ गते देखि सञ्चालन हुने प्रतियोगिताको च्याम्पियन क्लब लाई पुरस्कार दिने घोषणा समेत गरेको छ।
कञ्चनपुर जिल्ला फुटबल संघमा आवद्ध जिल्लाका १३ क्लब मध्य ‘जिल्ला लिग फुटबल प्रतियोगिता–२०८१’ मा ११ क्लबले सहभागिता जनाउने कञ्चनपुर जिल्ला फुटबल संघका महासचिव एवम् प्रतियोगिता संयोजक नितेश रावले बताए। ‘यो संघको बार्षिक कार्यक्रम हो, यस वर्ष बैशाख ३ गतेदेखि खुला मञ्चमा प्रतियोगिता गर्छौै’ उनले भने,‘अहिले त्यसको तयारीपूरा भैसकेको छ, प्रतियोगिताको च्याम्पियन हुने टिमले कञ्चनपुर जिल्लाको नेतृत्व गर्दै प्रदेश लिग फुटबल प्रतियोगिताका लागि छनौट हुनेछ।

प्रतियोगितामा च्याम्पियन हुने टिमलाई पुरस्कार दिने समेत घोषणा गरेको छ। जसमा विजेताहुने टिमलाई ५१ हजार १ सय ११, उपविजेता हुने टिमले २५ हजार ५ सय ५५ रुपैया र सेमिफाइनल पुग्ने टिमले सान्त्वना पुरस्कार ११ हजार १ सय ११ रुपैया रहेको छ।
खेल तालिका :
