युवालाई आत्मनिर्भर बनाउने शिक्षा दिनुपर्छ : महासचिव जप्रेल

कञ्चनपुर : अखिल(समाजवादी)का केन्द्रीय महासचिव प्रकास जप्रेलले युवा विद्यार्थीहरुलाई स्वदेशमै आत्मनिर्भर बनाउने शिक्षा दिनुपर्ने बताएका छन । शुक्रबार महेन्द्रनगरमा नयाँ बर्ष ०८१ को पुर्व सन्ध्यानमा पत्रकारहरुसंग शिक्षाका समसामयिक विषयमा छलफल गर्दै अखिल समाजवादीका महासचिव जप्रेलले युवा विद्यार्थीहरुलाई स्वदेशमै आत्मनिर्भर बनाउने शिक्षा दिनुपर्ने बताएका हुन । अखिल समाजवादीका महासचिव जप्रेललले युवाहरुलाई दिग्यभ्रमित नभई स्वदेशकै सम्भावना खोजेर अघि बढ्नुपर्ने बताए ।

उनले सामुदायिक विद्यालयमा भईरहेको बेथितिले देशभर सामुदायिक विद्यालयमा विद्यार्थी घटिरहेको भन्दै चिन्ता व्यक्त गरेका छन । ‘हाम्रो संविधानमा माध्यामिक तहसम्म निःशुल्क भनिएको छ, ‘उनले भने, ‘तर व्यवहारमा कार्यान्वयन भएको छैन, त्यसतर्फ हाम्रो संगठन सचेत छ ।’ अखिल समाजवादीका महासचिव जप्रेंलले अब समाजवादी शिक्षाको विकल्प नभएकाले संगठनले समेत अभियान संचालन गर्ने बताए । ‘काम नगर्ने पाटीको झोला बोक्ने, मदिरा खाएर काम गर्ने सरकारी शिक्षकलाई अब जनताले लखेट्ने छन, ‘उनले भने, ‘सामुदायिक विद्यालय सुधारका लागि अब शिक्षक पनि जिम्मेबार हुनुपर्छ ।’

अब नेपाली विशेषता सहितको समाजवादी व्यवस्था सहित शिक्षा लागु गर्नुपर्नेमा उनले जोडदिए । नयाँ शैक्षिक सत्र ०८१ मा सरकारी तथा निजी विद्यालयको भर्ना शुल्क सहितका बेतिथि बिरुद्धमा अखिल समाजवादीले संघर्ष गर्ने चेतावनी समेत दिएका छन । कञ्चनपुरमा ग्याँस आन्दोलनदेखि विद्यार्थीको हकहितका लागि उदायका नेता जप्रेलले अब देशैभरीको शिक्षामा देखिएका विकृती बिरुद्धमा शसक्त रुपमा विकल्प सहित अखिल समाजवादीले एक्सन गर्ने घोषणा गरेका छन ।

ताजा समाचार