कञ्चनपुर : नेकपा एमाले कञ्चनपुरको ९औँ अधिवेशनबाट चयन भएको कार्य समितिको पूर्ण बैठकले नेता कार्यकर्ताहरुलाई जिम्मेबारी दिईएको छ । बिहीबार पाटी कार्यालयमा पाटी जिल्ला अध्यक्ष लक्ष्मी बुढाको अध्यक्षतामा भएको बैठकले नेताहरुलाई जिम्मेबारी दिएको हो । एमाले कञ्चनपुरका उपाध्यक्ष समेत रहेका प्रचारप्रसार विभाग प्रमुखको जिम्मेबारी पाएका जनकराज अवस्थीले वडा, पालिका सम्मेलन गर्नेदेखि नेता कार्यकर्ताहरुलाई विभिन्न वडा, पालिका, निर्वाचन क्षेत्र, सहित विभागको जिम्मेबारी दिएको बताए ।

‘जिल्लाभरीका ९२ वटै वडाहरुमा इन्चार्ज तोकेका छौँ, ‘उनले भने, ‘त्यसैगरी पालिका, संघीय, प्रादेशिक निर्वाचन क्षेत्रमा समेत जिम्मेबारी दिएका छौँ ।’ पाटी अध्यक्ष लक्ष्मी बुढालाई स्कुलिङ्ग, उपाध्यक्ष जनक राज अवस्थीलाई प्रचारप्रसार, सचिव पल्लराज भट्टलाई संगठन, उपसचिव अशोक चन्दलाई स्थानीय र अर्का उपसचिव राजिव खडकालाई आर्थिक विभाग जिम्मेबारी दिएको छ । यस्तै पाँच पदाधिकारी सहित जिल्ला सदस्यहरु सम्मिलित लोकेन्द्र प्रशाद पन्त, गिता जैसी, शुशिला सिह, धनेश पन्त, गगन खत्री, भारमल सुनार, अक्कल विष्ट, बल ब. विक, ज्ञान ब. विष्ट, ओम बस्नेत, गणेश भट्ट(जी), राधाकृष्ण जोशी, रामचन्द्र रेग्मी, विष्णू कडेल, आरपि सार्की सचिवालय गठन गरिएको छ । निर्वाचन क्षेत्र १संयोजकमा सचिव पल्लवराज भट्ट, २ सयोजक उपसचिव अशोक चन्द र क्षेत्रको स्रंयोजकमा अर्का सचिव राजिब खडकालाई जिम्मेबारी दिएको छ । क्षेत्र १, २र३ क्रमस(क,ख)मा भारमल सुनार, दिपा जैसी, रमिता राना बडायक, खगेश्वर पाण्डेय, कमला भट्ट विष्णू कडेललाई संयोजक बनाईएको छ ।
पालिका तर्फ बेलडाँडी इन्चार्ज अक्कल विष्ट, सह इन्चार्ज लक्ष्मी भट्ट, बेलौरी नगर इन्चार्ज धनेशदत्त पन्त, सह इन्चार्ज जोगराज चौधरी, दोधाराचाँदनी इन्चार्ज ः गगन खत्री, सह इन्चार्ज किशोर लिम्बु, भीमदत्त नगर इन्चार्ज राम ब. नाथ, सह इन्चार्ज सानुबुढथापा, बेदकोट नगर इन्चार्ज शुशिला सिह, सह इन्चार्ज रामचन्द्र रेग्मी, शुक्लाफाँटा नगर इन्चार्ज ज्ञान बहादुर विष्ट, सह इन्चार्ज कमल गिरी, पुनर्वास नगर इन्चार्ज आरपी सार्की, सह संन्चार्ज विष्णु विक, लालझाडी इन्चार्ज निर्मल राना, सह इन्चार्ज विमला रानालाई जिम्मेबारी दिईएको छ । राम बहादुर बुढाको अध्यक्षतमा हाल कुनै जिम्मेबारीमा नभएका निवर्तमान जिल्ला कमिटि सदस्यहरुलाई सदस्य बनाईएको छ । एमाले कञ्चनपुरले गरेका निर्णय शुक्रबार पाटी कार्यालय मार्फत सार्वजनिक गर्दै पाटी सचिव पल्लवराज भट्टले साँगठानिक जिम्मेबारीका साथै जिल्लाका समसायिक विकास निर्माणका विषयमा सरकारको ध्यानाकर्षण गराएको बताए ।
सचिव भट्टका अनुसार हुलाकी सडक सीमा, आरक्षपीडित, भूमिहिन, सुकुमबासी, महाकाली सिँचाई तेस्रो चरणका कामकाज, दैजी छेला औद्योगिक क्षेत्र, महाकाली कोरिडोर, उखु किसान समस्या, युवा जनशक्ति विदेश पलायन रोक्ने विषयमा सरकारको ध्यानाकर्षण गराईएको छ । एमाले कञ्चनपुरका अध्यक्ष लक्ष्मी बुढाले पहिलो पुर्ण बैठकले गरेका निर्णय नेता कार्यकर्ताहरुलाई उत्साहपुर्ण कार्यान्वयन गर्ने विश्वास व्यक्त गरेका छन ।
