कञ्चनपुरमा लागु औषधको अवस्था डरलाग्दो, अभिभावक जिम्मेवार हुन जरुरी: एसपि जोशी

रमेश प्रसाद भट्ट/ कञ्चनपुर– भारत संग जोडिएका खुला सिमानाका कारण कञ्चनपुरमा पछिल्लो समय लागुऔषध दुव्र्यसन तथा ओसारपसार नियन्त्रण प्रमुख चुनौती बन्दै गएसंगै लागु औषधको अवस्था डरलाग्दा बन्दै गएको छ  । नेपाल–भारत खुला सिमानाका भएको कञ्चनपुरको दक्षिण क्षेत्र बेलौरी, पुर्नर्वास बेलडाँडी र दोधारा चाँदनीसित सीमा जोडिएका क्षे त्रमा भारतबाट लागुऔषध बढी मात्रामा ओसारपसार हुने गरेकाले आलु औषध प्रयोगकर्ताको अवस्था डरलाग्दो अवस्थामा बढी रहेको पाईएको हो  ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले मात्रै बितेको चाँर महिनामा पाँच भारतीय नागरिकसहित ११९ जना लागुऔषध दुव्र्यसन र कारोबारमा संलग्नलाई कानुनी दायरामा ल्याएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरिक्षक चक्रराज जोशीले बताएका छन् । उनले भने ”चालु आर्थिक वर्षको मंसिर देखि फागुन महिना सम्ममा लागु औषध सम्बन्धी ७१ वटा मुद्दा दर्ता भएर कारबाही प्रक्रिया अघि बढेको छ  ।” जसमा पक्राउ परेका मध्ये केहि भारतीय छन्, भने अन्य नेपाली युवा युवती छन् ।

प्रहरी उपरिक्षक जोशीका अनुसार पक्राउपर्ने अधिकांश युवापुस्ताका  बढी छन् ।  प्रहरीले चालु आर्थिक वर्षको मंसिर देखि फागुन सम्मको चार महिनामा कञ्चनपुरमा ५ किलो ५ सय १५ ग्राम, १ यि ९६ मिलिग्राम चरेस, १ सय १५ ग्राम २१ मिलिग्राम खैरो हिरोइन समेत अभियुक्तबाट बरामद गरेको प्रहरी उपरिक्षक जोशीले बताए । युवायुवतीले बढी जसो ब्राउन सुगर र फार्मासिटिकल टक्स सेवनले विग्रीएको अवस्था रहेको उनले भनाई छ । उहाँले भने “जिल्ला प्रहरीमा आउने मुद्दमा मात्रै ४० प्रतिशत लागु औषध सम्बन्धी मुद्धा छन् ।” उनले भने ‘प्रहरीले त, आफ्नो काम निरिन्तर गरीरहेको हुन्छ, तर अभिभावकले आफ्ना छोरा छोरीको विचार गर्न आवश्यक रहेकाले अभिभावकले आफ्ना सन्तान प्रति जिम्मेवार हुन नसके कुलतमा बस्ने सम्भावना हुन्छ । ‘

लागुऔषध नियन्त्रणका लागि विभिन्न युनिटलार्य सीमा क्षेत्रमा समेत सक्रिय गराएको कञ्चनपुर प्रहरीको नेतृत्व नै अहिले वडास्तरसम्म पुगेर लागुपदार्थ दुव्र्यसनसम्बन्धी सचेतनामूलक कार्यक्रम जिल्लाभर सञ्चालन गरिरहेको उनले बताउनु भयो ।  लागुऔषध प्रयोगबाटनै अरु आपराधिक घटनामा बृद्धि हुने मुख्य कारण समेत बनेको उनको भनाई छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशी आफै लागुपदार्थ नियन्त्रणका लागि सचेतनामूलक कक्षा सञ्चालन समेत गरिर हनुभएको छ । जिल्लामा प्रहरी र कतिपय स्थानमा पालिकासित समन्वय गरेर पनि विद्यार्थीदेखि गाउँ समाजमा सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेका छन्”, उहाँले भन्नुभयो, “लागुऔषध नियन्त्रण र सन्ततिलाई लतबाट टाढा राख्न अभिभावक पनि स्वयं जिम्मेवार हुन आवश्यक छ ।”

कञ्चनपुर प्रहरीले लागुऔषध मुद्दामा सयौँ युवायुवतीलाई पक्राउ गरी धमाधम कारबाही गरिरहेको भए पनि दुव्र्यसन र ओसारपसारमा कमी भने हुन सकेको छैन । केही वर्षअघि बेलौरी नगरपालिकाको सीमा क्षेत्रमा लागुऔषध तस्कर प्रहरीबीच झडप हुँदा एक भारतीय लागुऔषध ओसारपसारमा संलग्न युवक प्रहरीको चलाएको गोलीबाट मारिएका थिए ।

यसरी पछिल्लो समयमा लागु औषध सेवनकर्ता बढीरहेकाले युवापुस्तालाई दुव्र्यसनबाट रोकथाम गर्न घरमा अभिभावक देखि समाजका अगुवा, नेता, विद्यालयमा शिक्षक र आम जनसमुदाय, स्वंयम् किशोर किशोरी सम्मले सचेत हुनु पर्ने देखिन्छ । साथै  भारतीय खुला सीमा नाकाबाट खैरो हिरोइन आयातमा बृद्धि भइरहँदा भारतीय निकायबाट पनि कडाइ हुनेगरी सरकारले गम्भीर नभए पछिको पुस्तानै दुव्र्यसनमा फस्दै जाने डरलाग्दो अवस्था देखिने निश्चित छ ।

ताजा समाचार