यु–१३ छात्र केन्द्र स्तरीय एन्फा ऐकेडेमीका लागी छनौट भएका खेलाडी विदाइ

भोजराज पन्त /कञ्चनपुर : बेदकोट नगरपालिका वडा नम्वर -९ सुन्दरपुरमा रहेको सुन्दरपुर खेलकुद तथा समाज बिकास समिति (SSSDC) ले सुदुरपश्चिम प्रदेश वाट फुटवलमा यु–१३ छात्र प्रदेश स्तरीय एन्फा ऐकेडेमीका लागी छनौट भई केन्द्र स्तरका लागी छनौट भएका दुई जना सहभागीलाई सम्मान तथा विदाई कार्यक्रम गरेको छ । सम्मानीत हुनेमा सुन्दरपुर खेलकुद बिकास समिति वाट फुटवल खेल्ने खेलाडी समिर सार्की र सुमन भण्डारी रहेका छन ।

समिर र सुमनको आर्थिक अवस्था दयनिय भएकाले सुन्दरपुर खेलकुद तथा समाज बिकास समितिले खेलाडी दुबै जनालाई खेल समाग्री जुत्ता, मोजा, प्याड र आवत जावतका लागी जनही नगद रु छ हजार प्रदान गरेको छ । खेल समाग्री र नगद प्रदान गर्नु हुदै समितिका अध्यक्ष विरेन्द्र बिष्टले भने खेलमा अनुसासनको महत्व धेरै हुन्छ । त्यसैले संयम र अनुसासन भएर खेल्नु होला अनुसासनमा खेल्यो भने जित निश्चीत हुन्छ । समितिले यो सानो सहयोग सहि सदुपयोग गर्नु होला र खेलाडीको उत्तरोत्तर प्रगतीको कामना गर्नु भयो ।

सम्मान तथा विदाई कार्यक्रममा सुमन भण्डारीकी आमा धनमती भण्डारीले भनिन यो सहयोग पाएर म लगाएत मेरो परिवार खुसी छौ म पनि विद्यालय जिवनमा दौडमा राष्ट्रिय खेलाडीको रुपमा छनौट भएको थिए तर आर्थीक अभावले अगाडी वड्न सकेन मैले पनि यसरी सहयोग पाएको भए म पनि अगाडी वढ्थे होला । दुबै खेलाडी समिर सार्की र सुमन भण्डारी श्री उदयदेव माध्यमीक विद्यालय ७ र ६ का अध्ययनरत विद्यार्थी हुन । सम्मान तथा विदाई कार्यक्रममा सुन्दरपुर खेलकुद तथा समाजक विकास समितिका पदाधिकारी, शिक्षक तथा खेलाडीहरुको उपस्थिती रहेको थियो ।

ताजा समाचार