कञ्चनपुर : पर्यटन प्रबर्द्धनका लागि जनताको लगानीमा पहल सुरु गरिएको कञ्चनपुरको पुनर्वास नगरपालिका ९ स्थित प्यारा तालमा सुदूरपश्चिम प्रदेश सभा सदस्य एवं सार्वजनिक लेखा समितीका सभापति वीर बहादुर थापाले सिम कुखुराको प्रतिमा निर्माण गर्ने घोषणा गर्नु भएको छ ।
पर्यटन बिकासको लागि नागरिक स्तरबाट पहल सुरु गरिएको पुनर्वासको पर्यटकीय क्षेत्र प्याराताल परिसरमा अवलोकनमा पुग्नु भएका सुदूरपश्चिम प्रदेश सभा सदस्य तथा सार्वजनिक लेखा समितिका सभापति माननीय थापाले तालको जैविक महत्वको पंक्षी सिम कुखुराको प्रतिमा आफ्नो लगानीमा निर्माण गरि नागरिक अभियानलाई सघाउने स्वस्फुर्त घोषणा गर्नु भएको हो ।
प्यारा तालको जैविक पहिचानलाई उजागर गर्दै पर्यटन बिकासका लागि गत असार २६ देखि अभियाननै थालिएको छ । हाल सम्म प्यारा ताल परिसरमा आकर्षक सेल्फी स्पट , कछुवा , ओद र माछाको प्रतिमा राखिएको छ । त्यस्तै गोहि , मयुरको प्रतिमा र पानीको फोहरा निर्माणको काम चलिरहेको प्यारा ताल पर्यटन प्रबर्द्धन तथा संरक्षण समितिका संयोजक दीपेन्द्र बस्नेतले बताउनु भयो ।