सागरको तीन राष्ट्रिय कीर्तिमान, नेपालका लागि रचे इतिहास

कञ्चनपुर: थाइल्यान्डको फुकेटमा भएको आईडब्लुएफ वल्र्ड कपमा नेपाली भारोत्तोलन खेलाडी सागर भण्डारीले ३ नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् । पुरुष १०९ केजीमाथि तौलसमूहमा सागरले ३ राष्ट्रिय कीर्तिमान संगै नेपालका लागि इतिहास रचेको छ।

सागरले स्न्याचमा १३४ केजी, क्लिन एन्ड जर्कमा १७२ केजी र कुलमा ३०६ केजी भार वहन गर्दै आफ्नै नाममा रहेको तीनै राष्ट्रिय कीर्तिमानमा सुधार गरेका हुन् ।

सागरको नाममा स्न्याच १३३ केजी, क्लिन एन्ड जर्कमा १७१ केजी र कुलमा ३०३ केजीको राष्ट्रिय कीर्तिमान थियो । स्न्याच र कुलमा सागरले १९ औं एसियाली खेलकुदमा राष्ट्रिय कीर्तिमान बनाएका थिए ।

क्लिन एन्ड जर्कको राष्ट्रिय कीर्तिमान सागरले उज्वेकिस्तानमा भएको एसियाली भारोत्तोलन च्याम्पियनसिपमा रचेका थिए । प्रशिक्षणक जीवन गौतमले बताउनु भयो।

क्रिकेटमा महेन्द्रनगरका दीपेन्द्र सिंह ऐरीले विश्व रेकर्ड मात्रै होइन । सागर अब ओलम्पिक खेल्ने सम्भावित खेलाडीको शिर्ष स्थानमा छन् । सायद सुदूरपश्चिम प्रदेश कञ्चनपुर जिल्ला महेन्द्रनगरका लागि २०८० को सायद अन्तिम खुसी हो । क्रिकेटका ऐरी र भारोत्तलनका सागरको रेकर्डबाट पनि महेन्द्रनगर खेलकुदको उवर्भर हो भनेर पुष्टि गरेको छ।

स्थानीय स्तर , जिल्ला हुदै सुदूरपश्चिम प्रदेशकोको नाम उच्च मात्रै नभएर सिंगो राष्ट्रको उच्च शिर गरेका छन्। खेलकुद क्षेत्रले नेपाललाई विश्व सामु एक चिनारी दिनु का साथै देशको नाम चिनाएको छ।

 

ताजा समाचार