शुक्लाफाँटाका मुक्त हलिया सञ्जाल र नागरिक समाज संगठनका प्रतिनिधिहरुलाई एक दिने कानूनी सेचता तालिम

झलारी : शुक्लाफाँटा नगरपालिकाका मुक्त हलिया सञ्जाल र नागरिक समाज संगठनका प्रतिनिधिहरुलाई बिहीवार एक दिने कानूनी सेचता तालिम प्रदान गरिएको छ । लुथरन विश्व फेडरेसनको आर्थिक सहयोगमा राष्ट्रिय मुक्त हलिया समाज महासंघ नेपालले सक्षम परियोजना अन्तर्गत तालिमको आयोजना गरेको हो । तालिम कार्यक्रम राष्ट्रिय हलिया मुक्ति समाज कञ्चनपुरका अध्यक्ष शिवी लुहारकाको सभापतित्वमा भएको छ । तालिम उद्घााटन गर्नु हुदै अध्यक्ष लुहारले मुक्त हलिया, मुक्त कमैंया पुनः स्थापनाका बाँकी रहेका कार्य पुरा गरिनु पर्ने बताउनु भयो । पुनः स्थापनाको कार्यलाई अगाडी बढाउन जनप्रतिनिधिले उत्तरदायी भूमिका निर्वाह गर्नु पर्ने बताउनु भयो । मुक्त हलिया र मुक्त कमैंयाका मुद्दालाई एक साथ उठान गर्नका लागि संयुक्त अभियानको थालनि गरिएको उहाँको भनाई थियो ।

तालिममा सहभागी नगरपालिकाका कार्यपालिका सदस्य गणेश विकले सरकारले हलिया मुक्तिको घोषणा गरेको १६ वर्ष वितेपनि पुनः स्थापनको कार्य पुरा हुन नसक्नु चिन्ताको बिषय भएको बताउनु भयो । नगरपालिकाको कार्यपालिकामा मुक्त हलिया पुनः स्थापनका लागि कार्यविधि बनाउनका लागि कुरा उठेको तर त्यसले गति लिन नसकेको बताउनु भयो । आदिवासी जनजाती नेता रतनलाल रानाले मुक्त हलियाका कुराहरु जोडदार रुपमा उठने गरेपनि मुक्त कमैंयाका सवाल उठन नसकेको प्रति गुनासो गर्नु भयो । मुक्त हलियाझै मुक्त कमैयाको अबस्था पनि कहाली लाग्दो छ उनले भने , मुक्त कमैंयाका पुनः स्थापन देखि रोजगारी सम्मका कुराहरुले स्थान पाउनु पर्छ ।

तालिम कार्यक्रममा सहजीकरण गर्नु हुदै राष्ट्रिय मुक्त हलिया समाज महासंघ नेपालका कार्यकारी निर्देशक हरि सिह बोहराले मुक्त हलिया पुनः स्थापनका लागि प्रदेशका १८ स्थानिय तहमा कार्यविधि बनाएर कार्यान्वयनमा ल्याईएको बताउनु भयो । केही स्थानिय तहले पुनः स्थापना कार्यविधि बनाउन चासो नदेखाएकाले त्यसका लागि अधिकारकर्मीहरुले दवाव सृजना गर्नु पर्ने बताउनु भयो । तालिमका सहभागीहरुलाई कार्यकारी निर्देशक बोहराले नेपालको संविधानमा मुक्त हलिया सम्बन्धी व्यवस्था, मानव अधिकार आयोग ऐन, राष्ट्रिय दलित आयोग ऐन, मुलुकी ऐन (देवानी, फौजदारी संहिता), स्थानिय सरकार सञ्चालन ऐन, छुवाछुत तथा भेदभाव (कसुर सजाय) ऐन, कमैंया श्रम ऐन, श्रम ऐन, अनिवार्य तथा शिक्षा ऐन, शिक्षा ऐन, शिक्षा नियमावली, रोजगार हक सम्बन्धी ऐन, भूमि अधिकार सम्बन्धी ऐनका विविध पक्ष बारे जानकारी दिनु भएको छ । अधिकारका लागि वकालत, पैरवी लगायतका पक्ष बारे उहाँले जानकारी दिनु भएको छ । तालिममा मुक्त हलिया सञ्जालका प्रतिनिधि, आदिवासी जनजाती समुदायका भलमन्सा, अगुवा, नगरपालिकाको कार्यपालिका सदस्य र सञ्चारकर्मीको सहभागीता रहेको थियो ।

ताजा समाचार