साउदीमा प्रथम लालबहादुर महत स्मृति गोल्डकप शुरु

कञ्चनपुर: साउदीमा प्रथम लाल बहादुर महत स्मृति गोल्डकप प्रतियोगिता शुरु भएको छ । कञ्चनपुर(बेलडाँडी)का स्थानीय समेत रहेका स्व.लाल बहादुर महतको स्मृतिमा गोल्डकप प्रतियोगिता शुरु भएको हो ।महत परिवारले लाल बहादुरकोे स्मृतिमा साउदीमा २८ चैत्र(बुधबार) १० अप्रेल देखि साउदी अरेबियामा प्रतियोगिता सञ्चालन भएको प्रतियोगिता संयोजक पदम महतले जानकारी दिएका छन् । उनले भने, ‘स्व.लाल बहादुर महतका छोरा पदम महतले बाबुको स्मृतिमा पहिलो पटक प्रतियोगिता आयोजना गरिएको हो। रोजगारीका लागि साउदीमा रहेका नेपालीहरुको टिम सहभागि भएका छन । प्रतियोगिता सञ्चालनको खर्च कटौती गरेर बाकी रकमको जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति दिने उद्देश्यले अक्षयकोष स्थापन गर्न घोषणा गरेका छौँ।‘मुस्लिम धर्मालम्बीहरुको महान चाड ईद अल फितरको सु–अवसरमा प्रथम लाल बहादुर महत स्मृति गोल्डकप आयोजना गरेका छौँ, ‘उनले भने, ‘हामीले कर्मभूमिमा बाबुको स्मृति दिवस मनाईएका छौँ । ’उक्त प्रतियोगिता साउदी अरेबियाको अल थुक्बाह खेलमैदान मा सञ्चालन भईरहेको छ ।विजेता टिमले ५ हजार साउदी रियल, कप मेडल प्रमाणपत्र र उपविजेता टिमले २५ सय साउदी रियल कप मेडलका साथ प्रमाणपत्र हात पर्ने छन् । विभिन्न विधाका उत्कृष्ट खेलाडी लाई समेत पुरस्कारको व्यवस्था रहेको आयोजकले बताएका छन । एनआरएन सहित विदेशमा रहेका नेपालीहरुको सहभागितामा उद्घाटन भएको प्रतियोगितामा विभिन्न २२ टिमविच प्रतिस्पर्धा हुनेछ ।प्रतियोगिता सफल पार्न विभिन्न संघसंस्थाले प्रायोजकको भुमिकामा रहनु भएको छ। जसमा निम्न अनुसार रहेका छन् । सहभागी टिमहरु संगै खेल तालिका:-

ताजा समाचार