कञ्चनपुर : सुदूरपश्चिम विश्वविद्यालयमा नेपाल युरोपियन युनियन चलचित्र महोत्सव आयोजना गरिएको छ । नेपाल युरोपियन यूनियन (नियफ)ले चलचित्र महोत्सव आयोजना गरिएको हो । बुधबारदेखि सुप विश्वविद्यालयमै महोत्सव आयोजना गरिएको छ । युरोपियन यूनियन र नेपालविच भएको सम्बन्धको ५०औँ बर्ष पुगेको अबसरमा दुवै देशका साँस्कृतिक आदान प्रदानका लागि उक्त महोत्सव आयोजना गरिएको जनाएको छ ।

युरोपियन युनियन नेपाल उप प्रमुख डा. जोएल ईभोनेटले दुवै देशका संस्कृति आदान प्रदानका लागि चलचित्र प्रर्दशन गरिएको बताए । उनका अनुसार ५२ लघु चलचित्र मध्ये केही प्रर्दशन गरिनेछन । सुदूरपश्चिम विश्वविद्यालयका निमित्त उपकुलपति कर्ण बहादुर थापाले यसरी युरोपियनले देखाईरहेको चलचित्रबाट केही पाठ सिकेर नेपालीले समेत अघि बढ्नुपर्नेमा जोडदिए । यस अघि काठमाण्डौँमा कञ्चनपुर सकेर सुर्खेतमा गरिने छ ।
