दोधारा । नवयुग आधारभुत बिद्यालयमा बिद्युत जडान कार्यमा दोधारा चाँदनीका उपमेयर गंगा देबी जोशीको योजना तथा कार्यक्रमबाट सहयोग गरिएको छ् । दोधारा चाँदनी नगरपालिका– ९ मा रहेको नवयुग आधारभुत बिद्यालयको कक्षा कोठाहरुमा बिद्युत जडानमा दोधारा चाँदनी नगरपालिकाका उपमेयर गंगा देबी जोशीको चालु आर्थिक वर्षको योजना तथा कार्यक्रम अनुसार कक्षा कोठामा बिद्युत वायरिङमा रु. ५० हजार रकम सहयोग गरिएको दोधारा चाँदनी नगरपालिकाका उपमेयर गंगा देबी जोशीको सचिवालयले जनाएको छ् । नवयुग आधारभुत बिद्यालयका प्रधानध्यापक निर्मल कुमार सुनारका अनुसार दोधारा चाँदनी नगरपालिकाका उपमेयर गंगा देबी जोशीको चालु आर्थिक वर्षको योजना तथा कार्यक्रम अनुसार रु. ५० हजार र बिद्यालयको तर्फ देखि झण्डै रु. ८ हजार रकम बराबरको बिद्यालयको कोठाहरुमा बिद्युत जडान कार्य सम्पन्न गरिएको हो ।

२०६४ सालमा स्थापना भएको बिद्यालयमा हाल सम्म बिद्युत जडान नभएको र कोरोना भाईरस संक्रमणमा क्वारेन्टिाईन निमार्ण गरिएको समयमा बिद्युत मिटर जडान गरि काम चलाउरुपमा कक्षा कोठामा बत्ती तथा पंखा संचालन रहेको प्रअ निर्मल कुमार सुनारले बताए । कामचलाउ बिद्युत जडान भएको कारण वालवालिकामा करेन्ट लाग्ने त्रासको कारण बिद्यालय परिवारले दोधारा चाँदनी नगरपालिकाका उपमेयर गंगा देबी जोशीलाई बिद्यालयमा बिद्युत जडानमा सहयोगको लागी आग्रह गरेको बिद्यालयका प्रधानध्यापक निर्मल कुमार सुनारले बताएका छन् ।
कक्षा कोठाहरुमा ब्यवस्थितरुपमा बिद्युत जडान भएसंगै बिद्यार्थीहरुलाई करेन्ट तथा सर्टसर्किटको त्रास हटेर गएको नवयुग आधारभुत बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष जानकी बुढाले बताएका छन् । बिद्युतको नांगो तार भएर साना बिद्यार्थी भाईबहिनीहरु अति जोखिम रहेको हुदा बिद्यालयमा थोरै सहयोग गरेको दोधारा चाँदनी नगरपालिकाका उपमेयर गंगा देबी जोशीले बताएका छन् ।
‘बिद्युतको नांगो तार भएको कारण साना बिद्यार्थी भाईबहिनीहरु अति जोखिम रहेको हुदा दुर्घटना हुनसक्ने सम्भावनालाई मध्यनजर राख्दै कक्षा कोठाहरुमा बिद्युत जडान कार्यलाई हामीले अघि बढाएका हौ’ दोधारा चाँदनी नगरपालिकाका उपमेयर गंगा देबी जोशीले भने ।
