समाजिक अभियन्ता तथा अनुसन्धान कर्ता राजु सिह खड्का जनचेतना जगाउदैं

कञ्चनपुर : समाजिक अभियन्ता तथा अनुसन्धान कर्ता राजु सिह खड्काले रसायन जङ्क फुडले पार्ने असर बारे भीनपाका १९वटै वडामा जनचेतना जगाउन उदेश्यका साथ २७ हजार ५ सय घरधुरीलाई जनचेतना मुलक सन्देश प्रकाशित गरि पम्पलेट वितरण गर्ने भएका छन् । भीमदत्त नगरपालिकाले बालबालिको स्वास्थ्य सुधार कार्यक्रमको लागि रु. १ लाख दिएको खड्काले बताए ।

लामो समय देखि जडिबुटी तथा आयुर्वेदिक औषधीको क्षेत्रमा कार्य गदैं आएका खड्का आफुले स्वास्थ्य क्षेत्रको लागि महत्वपुर्ण जडिबुटी पता लगाएको र ठुला देखि साना रोगहरु सँग आयुर्वेदिक औषधिबाट निको हुन सक्ने दावी गर्दै आएका छन् । दिन प्रतिदिन बालबालिको खानामा जङ्कफुड प्रयोग हुने भएकोले दिर्घकालिन समयमा यसको नराम्रो प्रभाव पर्ने जसले गर्दा क्यान्सर, किड्नीको समस्या देखिनुको साथै नपुङसक्ता पनि हुने दावी गर्दछन् । उनले भने ‘म बालबालिको भविष्यमा हुने रोग प्रति चिन्तीत छु अहिलेको बालबालिकाको खाना जङ्कफुड, गुट्का, सुत्र्ती जन्य पदार्थ लगायत लागु औषधले हाम्रो बालबालिकाको भविष्य अन्धकार पार्दै छ यसको बचाव गर्नको लागि हामी सबैले आजै बाट लाग्नु पर्ने छ ।’

‘कुनै सरकारी निकायले आफुलाई सहयोग गरे बालबालिकाको भविष्य सुधार गरी उनीहरुको स्वास्थ्यको हेरचाहमा समेत ख्याल राख्ने उपाय बताउनुको साथै बालबालिकालाई कुलत बाट बचाउन सकिने’ खडकाले बताए ।

ताजा समाचार