दोधारा । दोधारा चाँदनीमा जंगली हात्तीले घर भत्काएर बिचल्लीमा परेका भविसरा कामीका परिवारलाई खाद्यान्न उपलब्ध गराईएको छ् । केही दिन अघि दोधारा चाँदनी नगरपालिका– ४ सुर्खेती टोल निवासी भविसरा कामीको घर जंगली हात्तीले भत्काएर बिचल्लीमा परेका हुन् । दोधारा चाँदनी नगरपालिका कार्यालयले आज रु. ५ हजार बराबरको खाद्यान्न उपलब्ध गराएको दोधारा चाँदनी नगरपालिका– ४ का वडा सदस्य गगन बहादुर सिंहले जानकारी दिएका छन् । जंगली हात्तीले भविसरा कामीको पुर्णरुपमा नष्ट गर्नुको साथै घरमा भएको अन्नपात, भाडाकुडा तथा लत्ताकपडा नष्ट गरेको हो । भविसराको खानाको लागी समेत समस्या भएको हुदा उनलाई नगरपालिका कार्यालयबाट रु. ५ हजार बराबरको चामल, दाल, नुन, तेल लगाएत खाद्यान्नको समान उपलब्ध गराईएको वडा सदस्य सिंहले बताएका छन् ।

हात्तीले घर भत्काईदिएपछि कामी छिमेकीको शरणमा बस्न बाध्य रहेको स्थानियहरुले बताए । वडा सदस्य गगन बहादुर सिंहले नगरपालिका कार्यालयमा पहल गरे संगै खाद्यान्न आफुले पाएको भविसरा कामीले बताए । एक छाक टार्न समस्या भईरहेको अवस्थामा नगरपालिका कार्यालयले खाद्यान्न दिएपछि भविसरा खुशी भएका छन् । भविसराको दैनिय अवस्थालाई मध्यनजर राख्दै दोधारा चाँदनी नगरपालिका– ४ वडा कार्यालयले कर्कटपाता सहितको आवास निमार्ण गर्ने तयारी गरेको छ् ।
केही दिनमै निमार्ण कार्य अघि बढाउने दोधारा चाँदनी नगरपालिका– ४ का वडाध्यक्ष भक्त बहादुर सुनारले बताएका छन् । ‘निमार्ण सामग्री मगाएका छौं, निमार्ण सामग्री आउने बित्तिकै काम अघि बढाउछौं’ दोधारा चाँदनी नगरपालिका– ४ का वडाध्यक्ष भक्त बहादर सुनारले भने ।
