न्यु भिजन टि–१० प्रतियोगिताको उपाधि मुम्बई वरिअर्सलाई

महेन्द्रनगर: महेन्द्रनगरको खुलामञ्चमा सम्पन्न भएको न्यू भिजन टि–१० क्रिकेट कपको उपाधि मुम्बई वरिअर्सले जितेको छ । आईतबार महेन्द्रनगरको खुलामञ्चमा भएको फाईनल खेलमा मुम्बई अरिअर्सले नोभा नाईट्सलाई १२ रनले पाखा लगाउदै उपाधि चुमेको हो । मुम्बई वरिअर्सले उपाधिसंगै ९ हजार नगद पुरस्कार पाएको छ । टस जितेर व्यटिङ गरेको मुम्बई वरिअर्सले ९ दशमल २ बलमा अल आउट हुदै ५८ रन जोडेको थियो ।

मुम्बई वरिअर्सले दिएको ५९ रनको लो स्कोरको लक्ष्य पछ्याएको नोभा नाईट्सले निर्धारित दश ओभरको खेल खेल्दै जम्मा ४६ रन मात्रै बनाउन सक्यो । प्लेयर अफ दि टुर्नामेन्ट नोभा नाईट्सका ईसान दौल्याल भएका थिए । सहभागि सम्पूण टिमका खेलाडीहरुलाई मेडल प्रदान गरिएको आयोजकले जनाएको छ । यहि चैत्र १५ गतेदेखि सुरु भएको प्रतियोगिताका खेलहरु आईपिएलका नियमनासुसार खेलाईएको न्यू भिजन स्मार्ट ट्यूसन सेन्टररका प्रबन्धक शिवम बस्नेतले बताए ।

प्रतियोगितामा ६ टिम सहभागि रहेका थिए । खेलहरु नकआउट प्रणालिमा खेलाईएको थियो । विद्यार्थीहरुको सर्वाङ्गण विकासको लागि उक्त प्रतियोगिता आयोजना गरिएको र आगामि बर्षमा पनि प्रतियोगितालाई निरन्तरता दिईने प्रबन्धक बस्नेतले बताए । प्रतियोगितामा सहभागि ६ टिमका खेलाडी महेन्द्रनगरका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरु रहेका थिए ।

ताजा समाचार