उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई वडा कार्यालयद्धारा सम्मान सहित शैक्षिक सामग्री

दोधारा । दोधारा चाँदनी नगरपालिकामा रहेको ओंमकार आधारभुत बिद्यालयका उत्कृट जीपीए ल्याउने बिद्यार्थीहरुलाई सम्मान सहित शैक्षिक सामग्री बितरण गरिएको छ् । दोधारा चाँदनी नगरपालिका– १० मा रहेको ओंमकार आधारभुत बिद्यालयले हालै शैक्षिक सत्रको परिक्षाफल प्रकाशित गरेसंगै दोधारा चाँदनी नगरपालिका– १० वडा कार्यालयले बिद्यालयका परिक्षामा उत्कृट अंक ल्याउन २४ जना बिद्यार्थीहरुलाई सम्मान सहित झोला, कापी, कलम लगाएत शैक्षिक सामग्री बितरण गरिएको बिद्यालयका प्रधानध्यापक दिपक चन्द्र ओझाले जानकारी दिएका छन् । बिद्यालयका प्रधानध्यापक दिपक चन्द्र ओझाले चालु शैक्षिक सत्रमा उत्कृट नतिजा ल्याउने कक्षा १ देखि कक्षा ८ सम्मका सम्मका २४ जना बिद्यार्थीहरुलाई दोधारा चाँदनी नगरपालिका– १० वडा कार्यालयले झोला, कापी, कलम लगाएत शैक्षिक सामग्री बितरण गरेको बताए ।

कक्षा १ देखि कक्षा ८ सम्मका उत्कृष्ट अंक लिएका प्रत्येक कक्षाबाट प्रथम, द्धितिय र तृतिय हुने बिद्यार्थीलाई सम्मान सहित शैक्षिक सामग्री उपलब्ध गराएको प्रअ ओझाले बताएका छन् । दोधारा चाँदनी नगरपालिकाको बाढी ग्रस्त बिद्यालय भनेर चिनिने, त्यसैमा दलित तथा विपन्न समुदायको बाहुल्यता रहेका बस्तीको बिद्यालयमा वडा कार्यालयले बिद्यार्थीहरुको शैक्षिक गुणस्तर बढाउन सहयोग गर्दै आएको दोधारा चाँदनी नगरपालिका– १० का वडाध्यक्ष चन्द्र बहादुर सिंहले बताएका छन् ।

२ सय ५५ जना बिद्यार्थी रहेको उक्त बिद्यालयमा बिद्यालयको शैक्षिक गुणस्तर बढाउन थप पहल थालिएको बिद्यालय प्रशासनले जनाएको छ् । कार्यक्रममा बिद्यालयका प्रधानध्यापक दिपक चन्द्र ओझा, दोधारा चाँदनी नगरपालिका– १० का वडाध्यक्ष चन्द्र बहादुर सिंह, वडा सदस्य धन बहादुर थापा, महाविर क्षेत्री, बब्ली सुनार, पिंकी रावत, बिद्यालयका सह– प्रअ टंकलाल जोशी लगाएत बिद्यालय परिवारको उपस्थिती रहेको थियो ।

ताजा समाचार