महेन्द्रनगर : कञ्चनपुर जिल्ला यू-१३ छात्र / छात्रा फुटबल खेलाडी छनौट सम्पन्नका साथै खेलाडीको अन्तिम नामावली सार्वजनिक गरेको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को वार्षिक कार्यतालिका अनुरुप नेपाली फुटबल खेलको विकास र विस्तार गर्न युव विकास परियोजना अन्तर्गत विभिन्न उमेर समुहका खेलाडीहरु लाई संघ अन्तर्गत रहेका विभिन्न एन्फा टेक्निकल सेन्टरहरुमा एकेडेमी सञ्चालन गर्न यू-१३ छात्र / छात्रा फुटबल खेलाडी छनौट कञ्चनपुर जिल्ला फुटबल संघले चैत्र २१ र २२ गत जिल्लाको दक्षिणी क्षेत्र पुनर्वास र महेन्द्रनगर स्थित खुलामञ्चमा छनौट गरिएको कञ्चनपुर जिल्ला फुटबल संघका महासचिव नितेश रावलले बताउनु भयो।

उनका अनुसार, चैत्र २१ र २२ मा कञ्चनपुर जिल्लाको जिल्ला छनौट यू-१३ छात्र / छात्रा छनौट भएका खेलाडिको अन्तिम नामावली सार्वजनिक गरिएको हो। जसमा कञ्चनपुर जिल्लाको महेन्द्रनगर खुलामञ्चमा र पुनर्वासमा गरिएको छनोटमा ३०२ जनाको सहभागिता रहेको थियो। जसमा महेन्द्रनगर खुलामञ्चमा पुनर्वास गरि जिल्लाका ६८ छात्र र २ छात्रा गरि ७० जनाको कञ्चनपुर जिल्ला फुटबल संघले जिल्ला छनौटको अन्तिम नामावली सार्वजनिक गरिएको हो।
पुनर्वासमा छात्र ७२ , छात्रा ४ र महेन्द्रनगर खुलामञ्चमा जिल्लाका २ सय २० जना छात्र र छात्रा ६ जना गरि जम्मा ३ सय २ जना खेलाडीको सहभागीता रहेको जिल्ला फुटबल संघका महासचिव रावलले बताउनु भयो। उनका अनुसार प्रदेश छनौटका छात्र / छात्रा गरि ७० जनाको अन्तिम नामावली सार्वजनिक गरिएको हो। प्रदेश छनौट चैत्र २४ र २५ गते गोदावरी नगरपालिका -८ स्याउले कैलालीमा बिहान १० बजे देखि सञ्चालन हुने छ।

छनौट खेलाडीको अन्तिम नामावली यस प्रकार रहेको छ:
