डिल्लीराज पन्त/कञ्चनपुर :- कञ्चनपुरको भीमदत्त नगरपालिकाको एक वडामा प्रयोगशाला सेवा शुरु गरेको छ । भीमदत्त नगरपालिका १६ नम्बर वडामा प्रयोगशाला सेवा शुरु गरेको हो । भीमदत्त नगरपालिका १६ का वडाध्यक्ष केशव विष्टले बुधबारदेखि शहरी स्वास्थ्य क्लिनिक बसन्तपुरमा प्रयोगशाला सेवा शुरु भएको बताए । वडाध्यक्ष विष्टले यस अघि बर्थिङ्ग सेन्टर सेवा रहेको वडामा अबदेखि विभिन्न स्वास्थ्यका चेकजाँच हुने बताए ।

भीमदत्त नगरपालिका १६ प्रयोगशाला इन्चार्ज भुवन भट्टले बर्थिङ्ग सेवा सहित नियमित ओपिडी, नवजात शिशु स्याहार।, क्षयरोग, डेगी, मलरिया, सुरक्षित गर्भपतन लगायत, रगतका माध्यमबाट विभिन्न रोगको परीक्षण सेवा प्रदान गरिने बताए । बुधबार एक कार्यक्रमका विच भीमदत्त नगरका मेयर पदम बोगटी र उपमेयरले संयुक्त रुपमा उद्घाटन गरेका छन ।

मेयर पदम बोगटीले प्रयोगशाला मार्फत नियमित सेवामा जोडदिए । दिवा खाजामा मह दिनुपर्नेमा जोडदिए । उपप्रमुख निलम लेखकले पनि प्रयोगशाला मार्फत नागरिकलाई सेवा प्रदानमा जोडदिए । गाँउमै उच्चस्तरिय स्वास्थ्य सेवा शुरु भएपछि जनता लाभान्वित भएका छन ।

