कञ्चनपुर जिल्ला लिग बैशाख पहिलो साता देखि सुरु हुने

जिल्ला लिग फुटबल प्रतियोगितामा १३ क्लबका २ सय ३४ खेलाडी सहभागी हुँदै

महेन्द्रनगर: कञ्चनपुर जिल्लाको सदरमुकाम स्थित महेन्द्रनगरको खुलामञ्चमा बैशाख पहिलो साता देखि जिल्ला लिग फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ।

कञ्चनपुर जिल्ला फुटबल संघका अध्यक्ष गणेश बहादुर चन्दको अध्यक्षतामा सनिवार बसेको बैठकले अखिल नेपाल फुटबल संघ (एन्फा) को वार्षिक कार्यतालिका अनुसार जिल्ला लिग फुटबल प्रतियोगिता बैशाख ३ गते देखि सञ्चालन गर्ने निर्णय गरेको कञ्चनपुर जिल्ला फुटबल संघका महासचिव नितेश रावलले बताएका छन्। महासचिव रावलका अनुसार जिल्ला लिग फुटबल प्रतियोगिता–२०८१ मा १३ क्लबका २ सय ३४ खेलाडी सहभागी हुने भएका छन् ।

प्रतियोगिता सञ्चालनका लागि तयारी तीव्रताका साथ भईरहेको बताए। ‘यो संघको बार्षिक कार्यक्रम हो, यस यस वर्ष बैशाख ३ गतेदेखि खुला मञ्चमा प्रतियोगिता गर्छौै’ उनले भने,‘अहिले त्यसको तयारीमा छौ, प्रतियोगितामा फुटबल संघमा आबद्ध रहेका १३ क्लबका टिम सहभागीता रहनेछ।’ प्रतियोगिताको च्याम्पियन हुने टिमले कञ्चनपुर जिल्लाको नेतृत्व गर्दै प्रदेश लिग फुटबल प्रतियोगिताका लागि छनौट हुनेछ।

ताजा समाचार