डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख र शुक्लाफाँटा सव डिभिजन वन कार्यालय प्रमुखका विरुद्ध अख्तियारमा उजुरी

कञ्चनपुर : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रिय कार्यालय टंगाल काठमाण्डौंमा डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख भिम कँडेल र शुक्लाफाँटा सव डिभिजन वन कार्यालय प्रमुख भोजराज शर्मा विरुद्ध बेनामे उजुरी परेको छ । अख्तियारको दुरुपयोग गरी गैरकानुनी कार्य गरेकाले अनुसान्धान गरी आवश्यक कारवाहीका लागि सिफारिस गरिदिन हुन भनी उजुरी परेको हो । उजुरीमा डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख कँडेलले प्रचलित कानुन बमोजिम रुख कटान आदेश दिदा नेपाल सरकारलाई नियम अनुसार कर तिरेको कर चुक्ता प्रमाण पत्र पेश गर्नु पर्नेमा कञ्चनपुर भित्रका केही सामुदायिक वनहरुलाई प्रभावमा पारी अनुचित आर्थिक लेनदेन गरी विना कर चुक्ता गरी कटान आदेश दिईएको आरोप लगाईएको छ ।

यसैगरी प्रचलित कानुन बमोजिम घाटगद्दिमा मौज्दात काठ हुदा हुदै नयाँ काठ कटान आदेश दिन नमिल्ने व्यवस्था हुदा हुदै सामुदायिक वनहरुमा हजारौं क्यूविक फुट काठ मौज्दात हुदा हुदै अनुचित आर्थिक लेनदेन गरी नयाँ कटान आदेश दिईएको आयोगमा पेश गरिएको उजुरीमा उल्लेख गरिएको छ । जिल्ला भित्रका फर्निचर उद्योग तथा सः मिल खोलने अनुमती दिदा अनुचित आर्थिक लेनदेन गरी मापदण्ड विपरित फर्निचर तथा सःमिलहरुलाई अख्तियार दुरुपयोग गरी अनुमती दिईएको उजुरीमा बताईएको छ ।

शुक्लाफाँटा सव डिभिजन वन अधिकृत शर्माले शुक्लाफाँटा नगरपालिकाको चुरे क्षेत्रबाट कृष्णपुर नगरपालिकाको नदीजन्य पदार्थ उत्खनन् ठेक्काको रोयल्टी रसिद प्रयोग गरी ठेक्कानै नभएको धारापानी खोला वनहरा नदीको चुरे क्षेत्रबाट मिलामटोमा नदीजन्य पदार्थ तस्करी गरेको आरोप लगाईएको छ । डिभिजन वन र सव डिभिजन वन कार्यालय कञ्चनपुर सुदूरपश्चिम प्रदेश नेपाल पीडितहरुका नामबाट उजुरी दिईएको छ । उजुरीमा सुरक्षाका कारण निवेदकहरुको विवरण गोप्य राखिएको जनाईएको छ । आयोग संग उजुरीमा स्थलगत अनुगमन गरी अनुसन्धानको कार्य गर्न अनुरोध समेत गरिएको छ ।

ताजा समाचार