खाद्य व्यापारको जमिन लिजमा लिएर बस्दै आएका व्यवसायीले भने, ‘हामी अतिक्र्मणकारी होईनौँ, सम्झौता गरेर भाडा तिरेर बस्दै आएका छौैैँ, हटाउने भए लगानी फिर्ता दिनुहोस’

कञ्चनपुर: कञ्चनपुरको महेन्द्रनगर स्थित खाद्य व्यवस्था तथा व्यापार लिमिटेड कम्पनीको जमिन भाडामा लिएर बस्दै आएका व्यवसायीले आफुहरुले उतिबेला अतिरिक्त रकम दिएर बसेको खुलासा गरेका छन । विगत दश बर्षदेखि भीमदत्त नगरपालिका ४ महेन्द्रनगर बसपार्क क्षेत्रमा रहेको खाद्य व्यवस्था तथा व्यापार लिमिटेड कम्पनीको जमिन भाडामा लिएर बस्दै आएका व्यवसायीले आफुहरुले उतिबेला अतिरिक्त रकम दिएर बसेको खुलासा गरेका हुन । खाद्य व्यवस्था तथा व्यापार लिमिटेड कम्पनी केन्द्रीय कार्यालयले १५ चैत्र ०८० मा १५ दिने सुचना जारी गरेर उक्त क्षेत्र खाली गराउन खोजेपछि भाडामा बस्दै आएका स्थानीय व्यवसायी आन्दोलित भएका छन । उनीहरुले ०७० सालतिर नेशनल टे«डिङ्गकै जमिन ठेकेदार गणेश दत्त जोशी समुहले भाडामा लिएको र जमिन लिने क्रममा लाखौँ रकम घुस दिएर बस्न दिएको बताएका छन ।

उक्त क्षेत्र खाली गराउन र जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले समेत आफुहरुलाई अतिक्रमणकारी संज्ञा दिएको भन्दै आक्र्रोसित भएका छन । खाद्य व्यवस्था तथा व्यापार लिमिटेड कम्पनीको जमिन लिजमा लिएर बस्दै आएकाहरुले बुधबार पत्रकार सम्मेलन गर्दै आफुहरु अतिक्रमणकारी नभएको बताएका छन । कञ्चन विद्या मन्दिरका पुर्व शिक्षक समेत रहेका कृष्ण गिरीले व्यवसाय गर्नका लागि उक्त जमिन आफुले पनि सटर लिएको बताए । ‘शिक्षक पेशाको कमाईबाट केही नभएपछि बैकबाट ऋण निकालेर मैलेपनि त्यहाँ २ टहरा बनाए, ‘उनले भने, ‘त्यहाँ जमिन लिन मैले तत्तकालिन ठेकेदारलाई ४ लाख अतिरिक्त रकम बुझाए, अहिले उठाउन खोजियो ।’ अर्का स्थानीय व्यवसायी नन्दराज भट्टले आफुमाथि अन्याय भएको बताए । ‘उतिबेला हामीलाई २० बर्षका लागि भनेर लिजमा दिईयो, ‘उनले भने, ‘अहिले आएर १० बर्षमै हटाउन खोजियो, त्यो पनि अतिक्रमणकारी भनेर बेईजती गरियो ।’ उक्त स्थानमा व्यवसाय गर्दै आएकी बाजुराकी मनिसा रावतले केही स्वदेशमै गर्छु भनेर पहाडको जमिन बेचेर आएको अहिले उठान खोजिएपछि बिचल्ली हुने बताईन ।

‘हामीलाई उतिबेला राखियो, अहिले हटाउन खोजियो, ‘उनले भनिन, ‘उठान खोजेर म जस्ता अन्य परिवार भएकाहरुलाई पनि विचल्ली बनायो ।’संघर्ष समितिका संयोजक रामदत्त भट्टले आफुहरु कुनैपनि कोणबाट अतिक्रमणकारी नभएको हामीहरुलाई अतिक्रमणकारीको आरोप लगाउने कार्य खेदजनक भएको बताए । संयोजक भट्टले ०७० सालदेखि ०८० असारसम्म नियमित भाडा तिर्दै आएको र खाद्य र ठेकेदारले मनपरी भाडा अशुलेको बताउँदै उनले अहिले चालु आर्थिक बर्षमा पनि ठेक्का भएको तर, ठेक्का सम्झौता भएपनि भूमिराज ढुवानी सेवाले भाडा संकलन गरेको बताए । ‘१५दिनमा एक कोठा पनि सार्न सकिदैन, ‘उनले भने, ‘यत्रो लाखौँको सम्पत्ती खाली गराउन समय दिनुपर्छ ।’ कञ्चनपुरका केही राजनीति दलका प्रतिनिधीले नेपाल बाल संगठन र खाद्य व्यवस्था तथा व्यापार लिमिटेड कम्पनीको जमिन लिजमा लिएर बसेका स्थानीयहरुलाई उठाउने काम निन्दनिय भएको बताएका छन । राष्ट्रिय जनमोर्चा कञ्चनपुरका सचिव लाल बहादुर कुँवरले वास्तविक भूमाफिया कार्बाही गर्नुपर्ने बताए ।

बाल संगठन र खाद्यको जमिनमा बस्दै आएकाहरुलाई खाली गराउन समय दिनुपर्ने बताए । नेकपा एमाले कञ्चनपुरका युवा नेता महेश पन्तले वास्तविक सार्वजनिक जमिन अतिक्रमण गर्ने गिरोहलाई कार्बाही गर्नुपर्ने बताए । ‘गरिखाने वर्गलाई एक्कासी सन्किको भरमा उठाउनु हुँदैन, ‘उनले भने, ‘आवश्यक समय दिएर मात्रै उचित व्यवस्थापन गर्नुपर्छ ।’
नेपाली काँग्रेसका युवा नेता अच्युतराज कलौनीले राज्यले आफैले बसाल्ने र आफैले उठाउने कार्य निन्दनिय रहेको बताए । ‘तपाईहरु ठगिनुभएको छ, ‘उनले भने, ‘उतिबेला अतिरिक्त पैशा लिएर बसाल्ने ठेकेदारमाथि कार्बाही हुनुपर्छ ।’ नेता कलौनीले नगरविकास समितिको अतिक्रमणको जमिन हटाउनुपर्ने बताए । खाद्य व्यवस्था तथा व्यापार लिमिटेड शाखा कञ्चनपुरका सहायक प्रशासक तपेन्द्र प्रशाद उपाध्यायले उक्त क्षेत्रमा मापदण्ड विपरित पक्की सरचना बनाएको र भाडा समेत नआएपछि केन्द्रीय कार्यालयले नै हटाउन सुचना जारी गरेको बताए ।

ताजा समाचार