दोधारा चाँदनीमा संचालन गरिएको ‘सरिना बचाऊ’ अभियानमा संकलित रकम हस्तान्तरण

दोधारा । दोधारा चाँदनीमा सामाजिक अभियन्ताहरुले सरिना बचाउ अभियानमा संकलन भएको रकम हस्तान्तरण गरिएको छ् । दोधारा चाँदनी नगरपालिका– ९ निवासी सरिना सुनारको उपचारको लागी सामाजिक अभियन्ता नरेन्द्र बुढा, दिपक बस्नेत, तमान सिंह गुरुङ्ग र जगदिश थापाहरुले देश तथा बिदेशमा रहेका नेपाली दाजु भाईहरुबाट संकलन गरेको रु. २ लाख ५७ हजार ७ सय ९९ रुपियाँ नगद रकम दोधारा चाँदनी नगरपालिका– ९ मा वडाध्यक्ष गोपीलाल कडेंललाई हस्तान्तरण गरेका छन् । सबैको राय संकलन पछि सरिनालाई उपचार गर्ने गरि वडा कार्यालयलाई सामाजिक अभियन्ताहरुबाट संकलन गरिरएको रकम हस्तान्तरण गरिएको सामाजिक अभियन्ता नरेन्द्र बुढाले जानकारी दिएका छन् । सरिना सुनारको केही वर्ष अघि आगोले उनको टाउको पोलिएको थियो ।

पोलिएको टाउकोमा जटिल प्रकारको घाउ भएपछि आर्थिक अवस्था नाजुक भएको कारण सरिनाको घरपरिवारले उपचार गर्न सकेका थिएनन् । सामाजिक अभियन्ताहरुले सामाजिक सञ्जाल फेसबुकहरुमा उक्त बिषयलाई लिएर उपचारको सहयोगको माँग गरेसंगै आर्थिक सहयोग संकलन हुदै आएको हो । टाउकोमा जटिल घाउ देखापरे संगै सरिनालाई आरोग्य मेडिकेयर एण्ड डेग्नोष्टीक सेन्टर दोधारा चाँदनी हेल्थपोष्टमा डाक्टर तथा तत्कालीन प्राथमिक स्वास्थ्य केन्द्र दोधारा चाँदनीका डा. गगन चौधरीले निशुल्क उपचार गर्दै आएका हुन् ।

आज दोधारा चाँदनी नगरपालिका– ९ वडा कार्यालयमा आयोजित एक कार्यक्रमको बिच सामाजिक अभियन्ताहरुले संकलन गरेको रकम सरिनाको उपचार गर्न सजिलोको लागी वडा कार्यालयलाई हस्तान्तरण गरिएको दोधारा चाँदनी नगरपालिका– ९ का वडाध्यक्ष गोपीलाल कडेंलले जानकारी दिएका छन् । हस्तान्तरण कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाका उपमेयर गंगा देबी जोशी, वडाध्यक्ष गोपीलाल कडेंल, वडा सदस्य, डा. गगन चौधरी, सामाजिक अभियन्ता, पिडित सरिना सुनारका घरपरिवार लगाएत स्थानियहरुको उपस्थिती रहेको थियो । पिडित सरिनाका हजुरआमा कोईली चदारोले पिडाको बेला उपचारमा सहयोग गर्ने सामाजिक अभियन्ता तथा देश तथा बिदेशमा रहेका दाजु, भाईहरुलाई धन्यबाद दिएका छन् ।

गरिब तथा बिपन्नहरुको पिडामा मलहम लगाउने सबैलाई कोईली चदारोले आशिष दिएका छन् । ‘अब मेरो नातिनी बाच्ने भयो’ कोईली चदारोले भने । टाउकोमा जटिल घाउ देखापरे संगै सरिनालाई आरोग्य मेडिकेयर एण्ड डेग्नोष्टीक सेन्टर दोधारा चाँदनी हेल्थपोष्टमा डाक्टर तथा तत्कालीन प्राथमिक स्वास्थ्य केन्द्र दोधारा चाँदनीका डा. गगन चौधरीले निशुल्क उपचार गर्दै आएका हुन् । सामाजिक अभियन्ताहरले संकलन गरेको रकम हस्तान्तरण कार्यक्रममा बोल्दै दोधारा चाँदनी नगरपालिकाका उपमेयर गंगा देबी जोशीले सहयोगी मन भएका सबैलाई धन्यबाद दिदै सरिनाको सिघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् ।

पिडित सरिना सुनारको उपचारको लागी दोधारा चाँदनी नगरपालिका कार्यालयले रु. ५० हजार दोधारा चाँदनी– ९ वडा कार्यालयले रु. १५ हजार सहयोग गरेको सामाजिक अभियन्ता तमान सिंह गुरुङ्गले बताएका छन् ।

ताजा समाचार