मृगौला पिडित दिनेशको उपचारको लागी ६५ हजार बढी रकम सहयोग हस्तान्तरण

दोधारा । दोधारा चाँदनी नगरपालिकाका मृगौला पिडित दिनेश सुनारको उपचारको लागी संकलित रकम हस्तान्तरण गरिएको छ् । दोधारा चाँदनी नगरपालिका– ८ निवासी वर्ष अन्ताजी ३० का दिनेश सुनारको लागी थालिएको आर्थिक सहयोग अभियानमा संकलन भएको रकम हस्तान्तरण गरिएको स्थानिय सामाजसेवी तमान सिंह गुरुङ्गले जानकारी दिएका छन् । देश, बिदेशको संकलन भएको रकम रु. ६५ हजार २ सय १६ रुपिँया दिनेशको घरमा पुगेर हस्तान्तारण गरिएको उनले बताएका छन् । बिगत ४ महिना देखि दुबै मृगौलाको समस्याबाट ग्रसित बन्दै आएका दिनेशको उपचार भारतको चण्डीगढमा चलिरहेको थियो । आर्थिक कठिनाई संग जुझ्दै आएका मृगौला पिडित दिनेशको उपचार गर्ने रकम सकिएपछि उपचार सहयोगको लागी गुहारेका थिए ।

सामाजसेवी तमान सिंह गुरुङ्गको नेतृत्वमा ‘दिनेश सुनार बचाउ’ अभियान थालेका थिए । आर्थिक अवस्था निकै नाजुक रहेका दिनेश सुनारको परिवारमा उपचारको लागी रकम नभएपछि चिन्ताको बिषय बन्दै आएको हो । तमान सिंह गुरुङ्ग नेतृत्वले देश तथा बिदेशमा रहेका नेपाली दाजु भाईहरुबाट संकलित रकम रु. ४१ हजार ५ सय ९५ र दोधारा चाँदनी नगरपालिका– ८ मा रहेको दलित कृषक समुहबाट रु. ६५ हजार २ सय १६ रुपिँया मृगौला पिडित दिनेश सुनारको उपचारको लागी सहयोग रकम हस्तान्तरण गरिएको सामाजसेवी गुरुङ्गले बताएका छन् ।

उपचारमा सहयोग गर्ने सबैमा दिनेशका घरपरिवारले धन्यबाद दिदै आशिष दिएका छन् । हस्तान्तरण कार्यक्रममा सामाजसेवी तमान सिंह गुरुङ्ग, दलित कृषक समुहका अध्यक्ष ज्योती देबी सुनार तथा कृषक समुहका पदाधिकारी, मृगौला पिडित दिनेश सुनारका घरपरिवार तथा स्थानियहरुको उपस्थिती रहेको थियो ।

ताजा समाचार