दृष्टिविहिन कमलालाई दोधारा चाँदनीका उपमेयर जोशीको कार्यक्रमबाट ब्रेललिपी ल्यापटप

दोधारा । दोधारा चाँदनी नगरपालिकाका उपमेयर गंगा देबी जोशीको योजना तथा कार्यक्रम अनुसार दृष्टिविहिन कमला ढकाललाई ल्यापटप हस्तान्तरण गरिएको छ् । दोधारा चाँदनी नगरपालिकाका उपमेयर गंगा देबी जोशीको चालु आर्थिक वर्षको कार्यक्रम तथा योजना अनुसार दोधारा चाँदनी नगरपालिका– ५ निवासी कमला ढकाललाई एक थान ब्रेललिपी ल्यापटप हस्तान्तरण गरिएको दोधारा चाँदनी नगरपालिकाका उपमेयर गंगा देबी जोशीको सचिवालयले जनाएको छ् ।

एक कार्यक्रमको बिच कमला ढकाललाई ब्रेललिपी ल्यापटप हस्तान्तरण गरिएको हो । दृष्टिविहिन कमला ढकाल बिद्यार्थी हुन् । कमलाको शैक्षिक उन्नतीको लागी रु. ८० हजार बराबर मुल्यको ब्रेललिपी ल्यापटप प्रदान गरिएको दोधारा चाँदनी नगरपालिकाका उपमेयर गंगा देबी जोशीले बताएका छन् ।

ताजा समाचार