क्याम्पस स्तरीय फुटबल प्रतियोगिता : उपाधिका लागी भोलि रौलेश्वर र कैलाली बहुमुखी भिड्ने

कञ्चनपुर: जिल्लाको महेन्द्रनगरमा आयोजना रहेको क्याम्पस स्तरीय फुटबल प्रतियोगितामा रौलेश्वर जनता आदर्श बहुमुखी क्याम्पस बेलडाँडी र कैलाली बहुमुखी क्याम्पस धनगढी उपाधिका लागि भोलि भिड्नेछन् ।

सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसको प्राङ्गणमा राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन द्वारा आयोजना गरिएको क्याम्पस स्तरीय फुटबल प्रतियोगिता -२०८० को उपाधिका लागि भोलि रौलेश्वर जनता आदर्श बहुमुखी क्याम्पस बेलडाँडी र कैलाली बहुमुखी क्याम्पस धनगढी बीच फाइनल हुने भएको छ।

सेमिफाइनलको पहिलो खेल समुह ‘बि’ अन्तर्गत रौलेश्वरले सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसको टिम- “बि”लाई रौलेश्वर जनता आदर्श बहुमुखी क्याम्पसले ४-० गोलको अन्तरले हराउदै फाइनलको यात्रा पक्का गरेको हो। रौलेश्वरको तर्फबाट धिरेन्द्र बहादुर शाहले २ गोल, अनिल सुनार र किरण सुनारले समान एकएक गोल गरेका थिए।प्रतियोगिताको समुह ‘ए’ दोस्रो सेमिफाइनल खेल सिद्धनाथ विज्ञान क्याम्पस महेन्द्रनगर र कैलाली बहुमुखी क्याम्पस धनगढी बीच भएको थियो। उक्त खेलमा निर्धारित समयमा २-२ गोलको बराबरी खेलेको थियो। उक्त खेल ट्राइवेकर पुगेको थियो। ट्राइबेकरमा कैलाली बहुमुखी क्याम्पसले ३-२ गोलको अन्तरले सिद्धनाथ विज्ञान क्याम्पस लाई हराउदै फाइनलको यात्रा पक्का गरेको हो।

प्रतियोगिताको फाइनल आज चैत्र २० गते दिउँसो ४ बजे रौलेश्वर जनता आदर्श बहुमुखी क्याम्पस र कैलाली बहुमुखी क्याम्पस बीच उपाधि रक्षाका लागि भिड्नेछन्।चैत्र १४ गते देखि सञ्चालन भएको प्रतियोगिता नक आउट आधारमा सञ्चालन रहेको छ। जसमा १४ टिमको सहभागिता रहेको राप्रविवि अध्यक्ष शुभम् चन्दले बताए। उनका अनुसार प्रथम वा च्याम्पियन हुने टिमले नगद ५० हजार ट्र्फी प्रमाणपत्र मेडल र उपविजेता टिमले नगद २० हजार ट्रफी प्रमाणपत्र मेडलमा चित्तबुझाउने छ। प्रत्येक विभिन्न उत्कृष्ट विधाका खेलाडी लाई समेत उचित पुरस्कार पाउने छन्।

ताजा समाचार