रानाथारु समुदायको होली पर्व सरक्षणका लागि बागफाँटामा होलीमिलन कार्यक्रम

कञ्चनपुर: सुदूरपश्चिम कैलाली–कञ्चनपुरका रानाथारु समुदायको होली (खखडेहारा) पर्व सरक्षणका लागि बागफाँटामा होली मिलन कार्यक्रम गरिएको छ । सुदूरपश्चिम थारु विकास मञ्चले भीमदत्त नगरपालिका १९ वडा कार्यालयको सहयोगमा कैलाली–कञ्चनपुरका रानाथारु समुदायको होली पर्व सरक्षणका लागि बागफाँटामा होली मिलन कार्यक्रम गरिएको हो ।
सोमबार एक कार्यक्रमका विच बागफाँटाको पञ्चकृत माध्यामिक विद्यालयको प्राङगणमा गरिएको होली अर्थात खखडेहरा पर्वको कार्यक्रममा सरोकारवालाहरुले थारु समुदायको परम्परागत पर्व प्रर्बद्धन गर्न जोड दिएका छन ।

सुदूरपश्चिम थारु विकास मञ्चका अध्यक्ष दानी रानाले रानाथारु समुदायको लोक संस्कृति होली तथा खखडेहरा पर्व सरक्षणका लागि कार्यक्रम गरिएको बताए ।‘हामीले रानाथारु समुदायको परम्परादेखि चल्दै आएका संस्कृति सरक्षणका लागि कार्यक्रम गरेका छौँ, ‘उनले भने, ‘संस्कृति सरक्षणका लागि नियमित कार्यक्रम गर्दैछौँ ।’कार्यक्रममा नेपाल आदिवासी जनजाती महासंघ कञ्चनपुरका अध्यक्ष विकास श्रेष्ठले लोक संस्कृति सरक्षणका लागि सरोकारवाला निकाय जिम्मेबार हुनुपर्नेमा जोडदिए । भीमदत्त नगरपालिका १९ का वडाध्यक्ष जग्गुराम चौधरीले रानाथारु समुदायको संस्कृति सरक्षणका लागि वडाबाट सक्दो सहयोग गरिएको बताए ।

भीमदत्त नगरपालिका उपप्रमुख निलम लेखकले रानाथारुको मौलिक पर्व प्रर्बद्धन आवश्यक रहेको बताए । भीमदत्त नगरका मेयर पदम बोगटीले रानाथारु समुदायको संस्कृति सरक्षणका लागि पालिका सरकार तयार रहेको बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सुप प्रदेश सभा सदस्य एव पुर्वमन्त्री प्रकास रावलले कैलाली, कञ्चनपुरमा बस्दै आएका रानाथारु समुदायको बिशिष्ठ धर्म सस्कृति सरक्षणमा जोडदिए । भीमदत्त नगरपालिका निर्वतमान सदस्य साहेब रानाले संचालन गरेको कार्यक्रममा सरोकारवाला सहितको सहभागिता रहेको थियो । कार्यक्रममा विभिन्न रानाथारु समुदायले होली कार्यक्रम गरिएको छ ।

ताजा समाचार