ट्राफिक प्रहरीलाई दोधारा चाँदनी नगरपालिकाले दियो एक थान कम्प्युटर

दोधारा । अस्थायी ट्राफिक प्रहरीलाई दोधारा चाँदनी नगरपालिका कार्यालयले एक थान कम्प्युटर लगाएत सडक दुर्घटना न्युनिकरण गर्ने सामग्री उपलब्ध गराएको छ् । दोधारा चाँदनी नगरपालिका कार्यालयमा एक कार्यक्रमको बिच दोधारा चाँदनी नगरपालिका कार्यालयले अस्थायी ट्राफिक प्रहरी कार्यालय दोधारा चाँदनीलाई एक थान कम्प्युटर लगाएत सडक दुर्घटना न्युनिकरण गर्न चाहिने आवश्यक सामग्री उपलब्ध गराएको दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले जनाएका छन् ।

सडक दुर्घटना न्युनिकरण कार्यमा सघाउन नगरपालिका कार्यालय कम्प्युटर लगाएत सामग्री उपलब्ध गराएको दोधारा चाँदनी नगरपालिका कार्यालयले जनाएको छ् । ‘सवारी साधन दुर्घटना न्यूनिकरण गर्न र नियम उलंघन हुदा ट्राफिक प्रहरीले चालकलाई समस्या पार्दा सवारीधनीलाई फाईन तिर्न महेन्द्रनगरको बाणिज्य बैक सम्म जान नपर्ने उद्देश्यले एक थान कम्युटर सहित आवश्यक सामग्री नगरपालिकाले ईलाका प्रहरी कार्यालयलाई उपलब्ध गराईएको छ्’ दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले सामाजिक सञ्जालमा लेखेका छन् ।

ताजा समाचार